नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार एमालेका उम्मेदवारले राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने बताएका छन्।
काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार उठाउने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले भने, “भोलि मनोनयन दर्ता हुन्छ। एमालेको उम्मेदवार हुन्छ, अरू घटनाक्रमबारे मलाई थाहा छैन।“ नेकपा माओवादी केन्द्रसहितका चार दलले मिलेर राष्ट्रपतिमा उम्मेदवार उठाउन छलफल चलाइरहेका बेला एमाले अध्यक्ष ओलीले पुस १० गतेको सहमतिअनुसार शनिबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुने प्रतिक्रिया दिएका हुन्।
राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ। राष्ट्रपतिका लागि फागुन २५ गते मतदान हुँदै छ। राष्ट्रपतिका लागि उम्मेदवार चयनका लागि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच पनि छलफल भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
