स्थानीय युवाहरू वैदेशिक रोजगारीमा जाने लहर नरोकिएका कारण बाँस उद्योगमा कामदार अभाव भएको र मागअनुसार उत्पादन हुन नसकेको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाले जनाएको छ।
धनकुटा– बाँसबाट बनेका विभिन्न सामग्रीलाई बजारको माग धान्न मुस्किल परेको छ। यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको व्यवसायीले बताएका छन्।
मागको आधा पनि आपूर्ति गर्न नसकेको शहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राईले बताए। २३ वर्षदेखि बाँसका सामान उत्पादन गर्दै आएका राईले नेपालका विभिन्न शहरलगायत चीन, हङकङ र जापानसम्म निर्यात गरिरहेका छन्। गाउँमै सञ्चालन गरेको सुनिता बेदबाँस उद्योगबाट दैनिक १५० थान बाँसका सामग्री उत्पादन गरेर बिक्री गरिरहेको उनले सुनाए। “बजारमा भने दैनिक एक हजार ५०० थानसम्मको माग छ। काम गर्ने जनशक्ति नभएर मागेको जति पुर्याउन सकिएको छैन”, उनले भने, “बाँसको काम अलि गाह्रो भएर होला मान्छे पाइँदैन।”
पालिकाले दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गरे बाँससम्बन्धी उद्योगलाई टेवा पुग्ने राईको भनाइ छ। २०७८ सालमा एक लाखको लागतमा स्थापना भएको उद्योगले तीन जनालाई रोजगारी दिएर तीनदेखि पाँच हजारसम्मका ५०० प्रकारका सामग्री उत्पादन गर्दै आएको छ। राईले यही पेसाबाट कमाएर मोरङमा १० धुर जमिनसमेत जोडेका छन्। त्यस्तै धनकुटा नगरपालिका–७ मा धनुबाँस निगालो उद्योग सञ्चालन गरिरहेका चन्द्रप्रकाश राईले पनि कामदार अभावमा माग पूरा गर्न नसकिरहेको बताए।
“सामान बनाउन सके बजारमा जति पनि बिक्छ, तर के गर्नु काम गर्ने मान्छे पाइँदैन”, उनले भने। २०६८ सालमा २० हजार लगानी गरेर उद्योग स्थापना गरेका राईले काडमाडौँ, भारत र जापान, सिंगापुर र अष्ट्रेलियासम्म सामग्री पठाउने गरेको जनकारी दिए। दैनिक पाँच जनालाई रोजगारी दिइरहेका छन्। मासिक सात लाखसम्मको कारोबार गरी एक लाख ५० हजार रुपैयाँ बचाउने गरेको उनको भनाइ छ। सबैले उद्योग सञ्चालन गर्न नसक्ने र ज्यालामा काम गर्दा जीवनयापन नहुँदा बाँसका सामग्री बनाउने कामदार अभाव भएको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख ईश्वर थापाले बताए।
“हामीले बाँसको काम गर्ने उद्यमीलाई पर्याप्त तालिम दिएका छौँ। तर, वैदेशिक रोजगारीको आकर्षणका कारण काम गर्नेको अभाव भएको हो”, उनले भने। जिल्लामा बाँससम्बन्धी १७ वटा उद्योग रहेको विकास समितिको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
