धनुषाका मूर्तिकारले सरस्वती पूजाका लागि प्रतिमा बनाएर सिजनमा ५० हजार रुपैयाँसम्म कमाउने गरेका छन्।
धनुषा– जिल्लाका मूर्तिकारलाई विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइ नभ्याइ छ। सरस्वती पूजा ९माघ १२ गते० नजिकिँदै जाँदा विगत वर्षमा झैँ उनीहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन्।
जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाका चन्द्रदेव पण्डितले माघ १० सम्म २२ थान प्रतिमा बनाइसक्ने योजना बनाएका छन्। उनले मंसिर २० देखि काम थालेका हुन्। २९ वर्षदेखि मूर्ति बनाउँदै आएका उनले यो वर्ष मूर्ति बेचेर ५० हजार रुपैयाँ कमाउने लक्ष्य राखेका छन्। जनकपुरधाम–१५ का पञ्चा पण्डितले पनि माघ १० अघिनै १५ थान प्रतिमा बनाइसक्ने गरी काम गरिरहेका छन्।
जनकपुरधाम–१९ का २३ वर्षीय राजाराम मण्डललाई पनि मूर्ति बनाउने चटारो छ। उनले यो वर्षको सरस्वती पूजामा प्रतिमा बेचेर ५० हजार रुपैयाँसम्म कमाउने लक्ष्य राखेका छन्। चन्द्रदेव, पञ्चा र राजारामले जस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, धनुषा, सबैला र तीनकौरियाका विभिन्न ठाउँमा मूर्तिकार सरस्वतीका कलात्मक प्रतिमा बनाउन जुटिरहेका छन्।
सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको राजाराम मण्डलले बताए। उनी छ वर्षदेखि हरेक सरस्वती पूजाको समयमा प्रतिमा बनाउने गरेका छन्। मण्डल भन्छन्, “केही समयका लागि भए पनि मूर्ति बेचेर विद्यालय जाने सन्तान र परिवारको गर्जो टार्नुपर्छ।”
त्यसैगरी जनकपुरधामकै विजय मण्डलले आफूहरूले सिजनअनुसार मूर्ति बनाउने गरेको बताए। “आफूसँग भएको सीपको सदुपयोग गर्दै सरस्वती पूजा, दीपावली र अरू समयमा प्रयोग हुने प्रतिमा बनाएर केही भए पनि अर्थोपार्जन भइरहेको छ। यसले खर्च चलाउन राहत भएको छ”, उनले भने।
जिल्लाका क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजा आराधना गर्ने चलन छ। एउटा प्रतिमा बनाउन तीनदेखि पाँच दिनसम्म लाग्छ। एउटा प्रतिमा ५०० देखि १० हजार रुपैयाँसम्ममा बिक्री हुने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
