जमिनको प्लटिङ गरेर घडेरीमा बिक्री वितरण गर्ने चलनले पूर्वी तराईमा भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ।
टङ्कीसिनबारी– जमिनको प्लटिङ गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ।
कृषियोग्य जमिन कम हुँदा भेडा चराउने ठाउँको कमी भएको हो। सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल सयौँ भेडा लिएर चराउन जाने गरेका छन्। सो क्रममा महिनौँ घर छाडेर उनीहरूको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ।
चरन क्षेत्र खोज्दै भेडा लिएर दैनिक १० देखि २० किलोमिटर पैदल यात्रा गर्नुपरिरहेको दयानन्दले सुनाए। “भेडालाई बाँधेर राख्न गाह्रो छ। खुलामा चराउनु पर्छ। खेतमा पसेर बाली खाइदेला भन्ने पीर हुन्छ”, उनी भन्छन्, “राति पनि जङ्गली जनावरले भेडा खाइदेला भन्ने चिन्ता छ। २४सैँ घण्टा आलोपालो गरेर निगरानी गर्छौं।”
भेडापालनमा धेरै दुःख रहेको अर्का किसान सदानन्दले सुनाए। “चर्ने ठाउँ कम हुँदै गएकाले पाल्न धेरै कठिन छ,” उनले भने, “पुख्र्यौली पेशा भएर मात्र छाड्न सकेका छैनौं।” वर्षमा दुईपटक भेडाबाट ऊन निकाल्ने गरिएको छ। आधुनिकतासँगै ऊनको बिक्री पनि कम हुँदै गएको उनको गुनासो छ। भेडा चराउन हरिनगराबाट शुरू एको यात्रा विराटनगर, लौकही, इनरूवा, भण्टाबारी हुँदै जनकपुरसम्म पुग्ने उनले बताए।
भेडा चराउनैका लागि विराटनगर आएका दयानन्द, सदानन्द र खिलानन्द नहर छेउमा पाल टाँगेर बसेका छन्। १२० भेडा लिएर हिँडेका हुन्। बढीजसो समय चरन क्षेत्र खोज्नमै बित्ने गरेको खिलानन्दले सुनाए। सरकारले भेडाबाख्रा पालन गर्न सेवा सुविधा नदिएको उनीहरूको गुनासो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
