नाट्य महोत्सवमा इटालीयन मजदुरको कथा

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) मा बिहीबार इटालीयन मजदुरको कथा बोकेको नाटक मञ्चन हुँदैछ।

काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) मा बिहीबार इटालीयन मजदुरको कथा बोकेको नाटक मञ्चन हुँदैछ।

‘मेड इन इल्भा’ नाम दिइएको नाटकले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ। उत्तराधुनिक परिवेशमा एक मानिस मेकानिकभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ।

र, प्राविधिक कृत्रिम अस्तित्वमा मात्रै रहन बाध्य हुन्छ। मानिसलाई मानवीय रूपमा नभई उपकरणका रूपमा मात्र लिने औद्योगिक मालिकको प्रवृत्तिलाई नाटकले नाटकमा देखाइएको छ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ दिउँसो ४ बजे मञ्चन हुँदैछ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नाराका साथ सात दिनदेखि नाट्य महोत्सव भइरहेको छ।