नाटकमा कलाकारहरू कहिले मुसा, कहिले चरा, कहिले बाँदर त कहिले अन्य जनावरले जस्तै हाउभाउ गर्छन्। उनीहरू गीत गाउँदै मञ्चमा रमाउँदा दर्शकको अनुहारमा मुस्कान छाएको पत्तै हुँदैन।
काठमाडौँ– एआई भन्नेबित्तिकै तपाईंको दिमागमा के आउँछ? पक्कै पनि ‘आर्टिफिसियल इन्टेलिजेन्स’। तर शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘एआई’ प्रविधिमा आधारित आर्टिफिसियल इन्टेलिजेन्स नभएर एनिमल इम्याजिनेसन अर्थात् पशु कल्पनाशीलताको अभिव्यक्ति हो, जसले जनावरहरूको कल्पना र वास्तविकताको संसारलाई रमाइलोसँग दर्शाएको छ।

‘आर्को थिएटर’ नाम दिइएको यस नाटकको प्रस्तुति एकदमै फरक छ, अरू नाटकको तुलनामा। कलाकार पवित्र खड्काले डेनमार्क लगायतका केही मुलुक डुलेर यस प्रकारको नाटक निर्देशन गरेकी हुन्।
नाटकमा कलाकारहरू कहिले मुसा, कहिले चरा, कहिले बाँदर त कहिले अन्य जनावरले जस्तै हाउभाउ देखाउँछन्। समूहमा बसेर ‘ए मेरो साथी’ बोलको गीत गाउँदै कलाकार मञ्चमा रमाउँदा दर्शकको अनुहारमा मुस्कान छाएको पत्तै हुँदैन । बालबालिकाले पनि सजिलै बुझ्ने यो नाटकमा दर्शकसँग अन्तर्क्रिया पनि गरिन्छ।

परम्परागत नाटकमा हुने ‘फोर्थ वाल’ यसमा छैन, कलाकारहरू कुन कुनाबाट कता जान्छन् र कता निस्कन्छन् पत्तै हुँदैन। त्यसैले अन्य नाटकको तुलनामा यो नाटकमा फरकपन महसुस हुन्छ।
१० जान कलाकारले मञ्चमा थरीथरीका अभिनय गर्छन्। नाटकमा एउटा कलाकारले मात्र थोरै बिगारे सबैलाई असर पर्ने र सन्तलुन मिलाउनुपर्ने ठाउँ धेरै छ। मञ्चमा रहुन्जेल यी १० जनाको पारस्परिक विश्वास र सन्तुलनले मन छुन्छ।

अब दुई दिन मात्र मञ्चन हुने यस नाटकमा सुवेक्षा पनेरूसहित विशाल पुलामी, विजय ढुंगेल, विष्णु श्रेष्ठ, जयप्रकाश ताजपुरिया, निरनञ्जन मगर, राजु खतिवडा, रमन श्रेष्ठ, सुमन राई र सुशान्त दाहालले अभिनय गरेका छन्।
हेर्नुहोस् नाटकका थप छायाछवि:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
