गत स्थानीय तह निर्वाचनमा मतदाता युवा उम्मेदवारतर्फ आकर्षित भएका थिए। काठमाडौँका मेयर बालेन शाह र धरानका हर्क साम्पाङ अहिले पनि चर्चामा रहिरहन्छन्। युवा नेतृत्वको कामप्रति युवा पुस्ता सन्तुष्ट छ?
काठमाडौँ– २०७९ सालको स्थानीय तह निर्वाचनअघि बालेन शाहको परिचय र्याप गायकको थियो। हर्क साम्पाङ खानेपानी अभियन्ता थिए। तर उक्त निर्वाचनपछि उनीहरूको परिचय बदलिएको छ।
बालेन शाह संघीय राजधानी काठमाडौँ महानगरपालिकाको मेयर हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर भए। उता धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार गोपी हमाल मेयरमा विजयी भए।
चुनावमा विजयी भएपछि यी नेताले चर्चा पाइरहेका छन्। राजनीतिबाट वितृष्णा जागेको भनिएका युवा आफैँ राजनीतिमा आएर चर्चा कमाउन थालेपछि गत वर्ष नै भएको संसदीय निर्वाचनमा त्यसको प्रभाव देखियो। कतिपय युवा उम्मेदवार संसद् प्रवेश गर्न सफल भए।
स्थानीय तह र संसद्मा प्रवेश गरेका युवा नेताका गतिविधिलाई अहिले ‘स्टन्टबाजी’ र ‘पपुलिस्ट’ भनेर आलोचना पनि गर्न थालिएको छ। पुरानै नेताको जस्तो क्रियाकलाप नयाँबाट पनि दोहोरिने हो कि भन्ने चिन्ता भएको कतिपय युवाले बताउन थालेका छन्। यद्यपि अनुभवको कमीका कारण शंकाको लाभ दिनु पर्ने तर्क राख्नेहरू पनि छन्।
युवा नेतृत्वबाट युवा पुस्ताले अहिले कस्तो अपेक्षा राखेका छन्, के उनीहरू युवा नेतृत्वको कामबाट सन्तुष्ट छन्? यही विषयमा केन्द्रित रहेर उकालोले तयार गरेको भिडियो सामग्रीः
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
