कैलाली–५ बाट कांग्रेसका डिल्लीराज पन्त विजयी, एमालेका नारदमुनि पराजित

कैलाली-५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त १ हजार ७४ मतान्तरले निर्वाचित भएका छन्।

काठमाडौँ– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त निर्वाचित भएका छन्। पन्त २१ हजार ३९२ मत ल्याएर निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नारदमुनि रानाले २० हजार ३१८ मत प्राप्त गरे। पन्त १ हजार ७४ मतको अन्तरमा प्रतिस्पर्धीलाई पराजित गरेर निर्वाचित भएका हुन्।

स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ३४९ मत प्राप्त गरे।