दोहास्थित अल थुमामा रंगशालामा आफ्नो पहिलो खेलमा स्पेनले कोस्टा रिकामाथि ७–० को जित निकालेको छ।
काठमाडाैँ– फेरान टोरेजको दुई गोल प्रेरित स्पेनले प्रभावशाली जितका साथ कतार विश्वकपको सुरुआत गरेको छ।
दोहास्थित अल थुमामा रंगशालामा बुधबार राति आफ्नो पहिलो खेलमा स्पेनले कोस्टा रिकामाथि ७–० को जित निकालेको हो। विश्वकप फुटबल इतिहासमै यो स्पेनको सबैभन्दा फराकिलो जित हो। स्पेनका लागि टोरेजले दुई गोल गरे भने ड्यानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलर र अल्भारो मोराटाले १/१ गोल थपेका थिए।
खेलको ११औँ मिनेटमै ओल्मोले स्पेनलाई अग्रता दिलाएका थिए। गाभीले दिएको पासलाई ओल्मोले गोलमा परिणत गर्दै विश्वकपमा स्पेनका लागि गोलको शतक पूरा गरेका थिए। २१औँ मिनेटमा जोर्डी अल्बाको पासमा एसेन्सियोले दोस्रो गोल गरे। गोलरक्षक केलर नाभासको बचाउने प्रयास सफल नहुँदा स्पेनले अग्रता दोब्बर बनाएको थियो।
३१औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै टोरेजले पहिलो हाफमै स्पेनको अग्रता ३–० को अवस्थामा पुर्याए। अल्बालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा टोरेसले गोल गरे। ५४औँ मिनेटमा टोरेसले पेनाल्टी क्षेत्र भित्र डिफेन्डरको दबाब चिर्दै व्यक्तिगत दोस्रो गोल गरे।
तर, टोरेजलाई प्रशिक्षक लुइस इनरिकेले ५७औँ मिनेटमा अल्भारो मोराटाबाट स्थानान्तरण गराए। ७४औँ मिनेट बाँकी रहँदा उनै अल्भारो मोराटाको चिप पासलाई पेनाल्टी क्षेत्र बाहिरबाट आउटसाइड फुटले प्रहार गर्दै गाबीले टोलीका लागि पाँचौं गोल गरे। बार्सिलोनाका १८ वर्षे मिड्फिल्डर गाबी स्पेनिस राष्ट्रिय टोलीका लागि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्।
स्पेनका लागि १४ खेलमा उनको व्यक्तिगत गोल संख्या ४ पुगेको छ। विश्वकपमा भने उनको यो पहिलो गोल हो। खेल सकिन एक मिनेट बाँकी रहँदा सोलरले गोल गर्दै टोलीलाई ६–० को अवस्थामा पुर्याए। इन्जुरी समयको तेस्रो मिनेटमा ड्यानी ओल्मोको पासलाई गोलमा परिणत गर्दै मोराटाले सन् २०१० को च्याम्पियन टोलीलाई ७–० को प्रभावशाली जित दिलाए।
समूह ‘ई’ अन्तर्गत बुधबारै सम्पन्न खेलमा चार पटकको पूर्वविजेता जर्मनीलाई २–१ गोलअन्तरले हराउँदै जापानले विश्वकपको सुखद् सुरुआत गरेको थियो। समूहको दोस्रो खेलमा आइतबार स्पेनले जर्मनी तथा जापानले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
