जारी मतगणनामा मधेशकेन्द्री दलका शीर्ष नेताहरू पछाडि देखिएका छन्।
काठमाडौँ- मधेश केन्द्रित पार्टीका प्रमुख नेताहरू प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पछाडि देखिएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणहरू अनुसार सप्तरी-२ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव पछाडि परेका छन्। उनी जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सीके) राउतसँग दोब्बरभन्दा बढी मतान्तरले पछाडि छन्।
राउतले १५ हजार ५ सय ८३ मत ल्याई अग्रस्थानमा रहँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ७ हजार ७ सय ११ मतसाथ फराकिलो अन्तरले पछाडि परेका छन्। यादवले पाएको कुल मत संख्याभन्दा राउतको मतान्तर संख्या बढी छ।
त्यस्तै, महोत्तरी-३ मा मेधशको अर्को प्रमुख दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालका अध्यक्ष महन्थ ठाकुरभन्दा स्वतन्त्रका उम्मेदवार राम आधार कापर दोब्बर मतले अगाडि छन्।
प्रारम्भिक मतगणनामा कापरले २ हजार २ सय ४ मत ल्याउँदा ठाकुरले १ हजार १ सय ९६ मत ल्याएका छन्। सर्लाही-२ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार रहेका लोसपाका अर्का ठूला नेता राजेन्द्र महतो पनि पछाडि छन्।
बाबुराम भट्टराईको नेतृत्वको नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष रहेका र अहिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार रहेका महिन्द्र राय यादवले १ हजार ८ सय २५ मत ल्याएका छन्।
यादवलाई पछ्याउँदै उनका निकटतम प्रतिद्वन्द्वी महतोले १ हजार ३ सय ३१ मतका साथ दोस्रो स्थानमा छन्। लोसपाका उम्मेदवार अर्का नेता अनिलकुमार झा पनि पछाडि छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार जुलीकुमारी महतो (महासेठ)ले ४ हजार ९ सय ९५ मत ल्याउँदा ३ हजार ८ सय ६६ मतका साथ झा दोस्रो स्थानमा छन्।
स्थापित भइसकेका मेधशकेन्द्रित दलहरूबाट असन्तुष्ट भई पुरानो ‘तराई मधेश लोकतान्त्रिक पार्टी’लाई ब्युँताएर अध्यक्ष भएका नेता वृषेस चन्द्र लाल प्रतिनिधिसभा सदस्यमा महोत्तरी निर्वाचन क्षेत्र ३ बाट उम्मेदवारी दिएकोमा उनी चौथो स्थानमा छन्।
यहाँ स्वतन्त्र उम्मेदवार कापर २ हजार २ सय ४ मत ल्याएर पहिलो, उनका निकटतम प्रतिद्वन्द्वी रहेका ठाकुरले १ हजार १ सय ९६, जसपाका हरिनारायण यादवले १ हजार ३ सय २७ मत ल्याउँदा लालको मत ९१ मात्र छ।
मतगणना जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
