तिहारअघि एउटा नाटक लिएर श्रीलंकाको यात्रा गरेको थिएँ। त्यहाँको ‘स्टेट युथ थिएटर फेस्टिबल’मा सहभागी भएर नाटक हेर्ने मौका मिल्यो। लगातार चार दिनसम्म विभिन्न नाट्य समूहका नाटक हेर्यौँ। आधा घन्टासम्मका नाटकलाई छोटा र ९० मिनेटसम्मका नाटकलाई लामा भनेर समयसीमा तोकिएको रहेछ। निर्णायकहरूले विभिन्न विधामा मूल्यांकन गर्ने रहेछन्। टिकट काटेर नाटक हेर्नु पर्थ्यो। हामीलाई भने पूर्ण अनुराधले पास उपलब्ध गराइएका थिए। उनी लिजा डाल्टनको कार्यशालामा सहभागी हुन नेपाल आएका थिए। उनको नाटक पनि स्टेट थिएटर फेस्टिभलमा मञ्चन हुँदै रहेछ। ७५० जना दर्शक अट्ने थिएटर प्राय: हरेक दिन भरिभराउ थियो। नाटकका दर्शक धेरैजसो ५० वर्ष उमेर काटेकाहरू हुन्थे। कोही सेतै कपाल फुलेका पनि थिए। “नेपालमा त यो उमेर समूहका मानिसहरू नाटक हेर्न आउँदैनन्। क्याम्पस पढ्ने विद्यार्थी र केटाकेटीहरू ज्यादा हुन्छन्,” मैले भनेँ। “हाम्रोमा यही उमेर समूहका मानिसहरू मुख्य दर्शक हुन्,” श्रीलंकाका नाट्य निर्देशक सचिथ्रा राहुबड्डाले जवाफ दिए। पुरानो घर थिएटरको नाटक मोन्टाज सकिएपछि निर्देशक सुलक्षण भारतीले मञ्चमा उभिएका कलाकारलाई देखाउँदै हामी दर्शकलाई सम्बोधन गरे, “हामीकहाँ धेरैजसो दर्शक भन्दा कलाकार बढी हुन्छौं। नाटक मन पर्याे भने तपाईंले चलाउने सामाजिक सञ्जालमा शेयर गरिदिनु होला। सहयोग गर्नु होला। हामी फोन गरि गरि दर्शकलाई बोलाउँदैनौं। हाम्र्रो विज्ञापनको माध्यम पनि यहि हो।” सुलक्षणको आग्रह सुनेपछि नाटकले दिएको न्यानोपनले फुत्तै छोडेर भाग्यो।नाटक सकिएपछि मञ्चमा उभिएका कलाकारहरूमा देखिनुपर्ने उर्जा छैन। कलाकारलाई उर्जा दिने पहिलो तत्व भनेकै नाटक अवलोकन …
तिहारअघि एउटा नाटक लिएर श्रीलंकाको यात्रा गरेको थिएँ। त्यहाँको ‘स्टेट युथ थिएटर फेस्टिबल’मा सहभागी भएर नाटक हेर्ने मौका मिल्यो। लगातार चार दिनसम्म विभिन्न नाट्य समूहका नाटक हेर्यौँ। आधा घन्टासम्मका नाटकलाई छोटा र ९० मिनेटसम्मका नाटकलाई लामा भनेर समयसीमा तोकिएको रहेछ। निर्णायकहरूले विभिन्न विधामा मूल्यांकन गर्ने रहेछन्।
टिकट काटेर नाटक हेर्नु पर्थ्यो। हामीलाई भने पूर्ण अनुराधले पास उपलब्ध गराइएका थिए। उनी लिजा डाल्टनको कार्यशालामा सहभागी हुन नेपाल आएका थिए। उनको नाटक पनि स्टेट थिएटर फेस्टिभलमा मञ्चन हुँदै रहेछ। ७५० जना दर्शक अट्ने थिएटर प्राय: हरेक दिन भरिभराउ थियो। नाटकका दर्शक धेरैजसो ५० वर्ष उमेर काटेकाहरू हुन्थे। कोही सेतै कपाल फुलेका पनि थिए।
“नेपालमा त यो उमेर समूहका मानिसहरू नाटक हेर्न आउँदैनन्। क्याम्पस पढ्ने विद्यार्थी र केटाकेटीहरू ज्यादा हुन्छन्,” मैले भनेँ।
“हाम्रोमा यही उमेर समूहका मानिसहरू मुख्य दर्शक हुन्,” श्रीलंकाका नाट्य निर्देशक सचिथ्रा राहुबड्डाले जवाफ दिए।
पुरानो घर थिएटरको नाटक मोन्टाज सकिएपछि निर्देशक सुलक्षण भारतीले मञ्चमा उभिएका कलाकारलाई देखाउँदै हामी दर्शकलाई सम्बोधन गरे, “हामीकहाँ धेरैजसो दर्शक भन्दा कलाकार बढी हुन्छौं। नाटक मन पर्याे भने तपाईंले चलाउने सामाजिक सञ्जालमा शेयर गरिदिनु होला। सहयोग गर्नु होला। हामी फोन गरि गरि दर्शकलाई बोलाउँदैनौं। हाम्र्रो विज्ञापनको माध्यम पनि यहि हो।” सुलक्षणको आग्रह सुनेपछि नाटकले दिएको न्यानोपनले फुत्तै छोडेर भाग्यो।
नाटक सकिएपछि मञ्चमा उभिएका कलाकारहरूमा देखिनुपर्ने उर्जा छैन। कलाकारलाई उर्जा दिने पहिलो तत्व भनेकै नाटक अवलोकन गर्ने दर्शक हुन्। नाटकको रसास्वादन गरिसकेपछि दर्शकको मुहारमा देखिने चमक हो। दर्शकले बाहिर निस्किएर कुरेरै कलाकारलाई दिने प्रतिक्रिया हो। त्यही प्र्रतिक्रियाले हो हरेक दिनको मञ्चनपछि कलाकारले आफूलाई निर्खादै जाने। तर नाटक हेर्ने दर्शक छैनन्। कहाँ गए नाटक हेर्ने दर्शक ?
पुरानो घर नाटक घरमा नाटक मोन्टाज मंसिर २२ गतेदेखि मञ्चन भइरहेको छ। पुष ४ गते बुधबारको शोमा पत्रकारहरू सुशिसला तामाङ, रिना मोक्तान, अन्सु खानाल र म अनि अरु चारजना दर्शक थियौं नाटक हेर्ने। यि दर्शक पनि राम्रो मान्नु पर्ने अवस्था थिएटरमा आयो। किनभने, मोन्टाज नाटक निर्देशक र कलाकार पनि रहेका सुलक्षण भारतीले नाटक सकिएपछि भने, “हिजो हामीले नाटक दुई जना दर्शकलाई देखायौं।” पुरानो घर नाटक घरले दर्शकको अभाव प्राय सबै नाटकमा झेल्ने गरेको कुरा निर्देशक सुलक्षण स्विकार गर्छन्।
कुरा पुरानो घरको मात्रै हैन। गुरुकुलले सञ्चालन गरेको कुन्ज थिएटरमा पनि दर्शकको अभाव छ। अघिल्लो साता काल नाटक हेर्न जाँदा छ जना मात्रै दर्शक थियौं। काल मात्रै नभएर गुरुकुलले मञ्चन गरेका अरु नाटक हेर्न पनि दर्शकको कमी हुन थालेको छ।
सबै थिएटरहरूमा दर्शकहरू घटेका छन्। महङ्गी लगायत विभिन्न कारणले नाटकको खर्च बढिरहेको छ। तर नाटक हेर्ने दर्शक छैनन्। दर्शक नभएपछि घाटा लाग्ने नै भयो। अवस्था भने पच्चिस लाख आय आर्जन गरेको नाटकले पनि लगानीकर्ता डुबाएको प्रस्टै छ।
अचेल जनजातीको विषयमा बनेका नाटकमा दर्शक छन्। “स्टन्टबाजी” गर्नेहरूले लगानी सुरक्षित गरेका छन्। धेरै निर्देशक, कलाकारको यस्तो प्रतिक्रिया छ। दर्शक किन यसरी बाँडिएका हुन् ! यसरी बर्ग विषेशको नाटकमा आउने नाटकका नियमीत दर्शक हुन ? दर्शकलाई नाटक हेरुँ हेरुँ पार्ने कसरी हो ? फोन नगरी दर्शकलाई थिएटरसम्म तान्ने तत्वहरू के के हुन् ?
दर्शकलाई थिएटरमा ल्याउन नसक्नुको मुख्य कारण नाटकको गुणस्तर नै हो। यसको कारण हामी नै हौं। देशभरिमै नाटक लेख्ने लेखकहरू शुन्य छन्। सबैले आफूलाई चाहिएको बखत लेख्छन्, अनुवाद गर्छन्, मञ्चन गराउँछन्। सकियो। मञ्चनअघि नाटक लेखिनु मुख्य मेरुदन्ड हो। यसमा हामी सचेत छैनौं। केही अनुवादित नाटक, उपन्यास माथि बनेका नाटक, चलेका लेखकले लेखेको नाटकमा राम्रै दर्शक आएको उदाहरण छ भलै नाटकबाट घाटै भयो भनिए पनि।
च्याउसरी उम्रिएका हामी निर्देशकहरू नै नाटकको गुणस्तर कम हुनुमा जिम्मेवार हुनुपर्छ। तीन महिने अभिनय कक्षाले धेरैलाई कलाकार बनाईदियो। नाटक उत्पादन गर्नै पर्ने भयो। आना मान्छे बोलाउँदा पक्कै आउने नै भए नाटक हेर्न। हेरुन्जेल हाँसे, रमाए, प्र्रतिक्रिया पनि राम्र्रै दिए। तर ति दर्शक फर्किए, “ए यस्तै रहेछ नाटक भनेको !” भन्ने प्र्रभाव बोकेर।
अर्काे मुख्य कारण विषयवस्तु हो। विषयवस्तु छनौटमा निर्देशकका आनै कुन्ठा धेर भए। सकारात्मक उर्जा दिने विषयवस्तु भएनन्। देशमा निरासा छाएको छ, मानिसहरू निरास छन्। त्यही निरासालाई विषय बनाएर नाटक निर्देशकहरूले झन् निरासा थोपरिदिएपछि दर्शक पक्कै निरास हुन्छन् नै। विश्वास लाग्दैन भने, केही महिनादेखि मञ्चन भएका नाटकका विषयवस्तु हेरौँ न। घिमिरे युवराज निर्देशित विमोक्ष, अनुप बराल निर्देशित एउटा सपनाको अवसान, सोमनाथ खनाल निर्देशित हिउँभन्दा चिसो, जेडी तमु निर्देशित ब्युझिएको सिरानी, रामभजन कामत निर्देशित काल। यि नाटकका विषयवस्तुमा घोत्लिउँ त कतै भेट्नु हुन्छ विषयमा सकारात्कमता ? कुनैले दर्शकलाई पाठ पढाए त कुनैले संकटको “क्यानभास” प्रदर्शन गरे। कतै हामीले चयन गर्ने विषयवस्तुले पनि दर्शक निरास भएका त हैनन् ? सकारात्मक विषयवस्तुमा सिर्जनशिलता कुँदेर नाट्य निर्माण गर्न लागौं न अब ! यो आव्हान म आफैंलाई हो। मेरो आनै समिक्षा हो यो। नत्र कलाकारलाई सम्झौता गराएर दुई साता रिहियरसल भइसकेको नाटक किन रोकिन्थ्यो !
फेरि अलमलमा परें। कुरा गर्नु थियो नाटक मोन्टाजबारे। यि माथीका कुराहरू मनमा खेलाउँदै पुरानो घर थिएटर झरेको थिएँ नाटक हेर्नलाई। झरेको मतलब मध्य बानेश्वरबाट ओरालो लाग्दै पुगेको हुँ सिनामङ्गलस्थित पुरानो घर थिएटरमा। एक घन्टाअघि पुगें। बाईकबाट ओर्लन नपाई कलाकार, निर्देशक कुन्दन थारुले भने, “दाई, अहिले त हामीले पार्किङ पनि बनायौं, एसी पनि हाल्यौं।” मनमा चसक्क भयो। उनले केही महिनाअघि लेखेको थिएटरका असुविधा समेटेको लेखप्रति लक्षित भएर भनेका थिए।
“अनि दर्शक कति छन् त ?” मैले सोधे।
“दर्शक नै छैनन्। शनिबार पनि २०, २५ जना मात्रै छन्। कि कोर्सको नाटक गर्नु पर्याे। कि जनजातीको नाटक गर्नु पर्याे।” भनिसकेर कुन्दन फोनमा कुरा गर्न थाले। मैले पाँच सयको टिकट काटें। कुन्दन नाटक मोन्टाजमा घुस्याहा पुलिसको भुमिकामा देखिन्छन्।
नाटक मोन्टाजमा सुलक्षणले जिवनका प्रेमिल दृश्यहरूलाई गज्जबसँग सम्पादन गरेका छन्। भर्खरै प्रेममा परेका प्रेमील जोडिका लागि यो नाटकका केही दृश्य चटनी जस्ता छन्। अगाडि बसेर नाटक हेर्दा लाज लाग्न सक्छ तर अन्तिम सिटतिर बसेर निकै आनन्द लिन सक्छन्। समलिङ्गी चरित्रलाई नाटकमा समावेश गरेर निर्देशकले दर्शक निम्त्याउन बहुत चलाखी गरेका हुन्। राज्यले भर्खरै मान्यता दिएको समलिङगी विवाहको प्रसङ नाटकमा ल्याएर निर्देशकले गज्जब नै गरे।
सुरुदेखि नै नाटकमा यथार्थपन झल्किन्छ। “टेक्स्ट” र “सवटेक्स्ट” मा कलाकारहरूले मिहिनसँग खेलेका छन्। आँखा आँखाले कुरा गर्छन्। कलाकारका अङ्ग अङ्ग बोल्छन्। मधेश प्रदेशको प्रमुख मुद्दा दाईजो प्रथा पनि नाटकमा अटाएको छ आधुनिक “लिभिङ टुगेदर”मा रमाउने शहरिया जोडि र भर्खरै विवाहित मधेशी जोडिमार्फत।
जब रेष्टुरेन्ट खुलेर फरक फरक जोडिहरू खान आउँछन् तब नाटकले एउटा गति लिन्छ। तर दर्शकलाई तताउने काम भने रेष्टुरेन्टका दुई वेटरले गर्दछन् जो समलिङ्गी प्रेम सम्बन्धमा छन्।
र नाटकको अन्त भने यिनीहरूको “ईन्गेजमेन्ट” बाट हुन्छ।
पहिलो मोन्टाज हो “फस्ट किस”। यो चिसोमा पनि ब्ल्याङ्केट नओडी नै तपाईंको शरीर तताउँछ यो पहिलो दृश्यले। केटीको आदेशअनुसार नै सुस्तरी सुस्तरी केटा केटीसँग नजिकिन्छ, टाढिन्छ। टाढिन्छ, फेरि नजिकिन्छ। कुतीकुती लगाउँछ दर्शकलाई। यो क्रम निकैबेर चल्छ र दर्शकले जे चाहान्छन् त्यही नै हुन्छ अन्तमा। कथानकको लक्ष्य त्यस्तो नदेखिए पनि शायद “आँशुरचना” ले गर्दा होला केटीलाई अलि बढी दोष दिएको भान पर्छ यसमा। दोस्रो मोन्टाज “धोति भर्सेज ब्र्र्रा” सबै भन्दा प्रभावशाली कथा हो। “इन्गेजमेनट रिँग” ले भने तीनवटा जोडिलाई जोडेको छ।
“प्रेम”, “लिभिङ्ग टुगेदर”, “विवाह” यि तीन तत्वहरू नाटक मोन्टाजका प्रमुख अङ्ग हुन्। तीन वटै कथामा महिलाको संवेदनामाथि पुरुषले खेल्न खोजेको अनुभूती हुन्छ। महिलालाई दोषी देखाउन खोज्दा खोज्दै महिला नै विजयी भएको महसुस गर्न सकिन्छ अन्तमा।
एउटै नाटकमा दाईजो प्रथा मार्फत महिलालाई अनपढ्, दासी सरह व्यवहार गरिएको छ भने अर्काेतिर समलिङ्गी विवाह जस्तो उत्तरआधुनिक सवाललाई प्रशस्त स्थान दिइएको छ। “लिभिँग टुगेदर जेनेरेसन” सँग प्रशस्तै दाईजो लिएर भर्खरै विवाह गरेकी महिलाको भेट, मधेशी श्रीमानले नवविवाहित श्रीमतीसँग देखाएको व्यवहार यो प्रस्तुती केही “क्लीसे” लाग्छ। “समलिङ्गी” वेटर भएको रेष्टुरेन्टमा शिक्षित तर कफीको स्वाद नै थाहा नभएकी कफी पिउनै नजान्ने महिलालाई प्रस्तुत गर्नु कथानकमा अलमल जस्तो लाग्छ। जिवनका फरक फरक मोन्टाजको अनुभूती गराउन खोजे पनि नाटक मोन्टाज फेरि एउटै नाटक हो। एउटै नाटकमा फरक लक्ष्यका कथाहरूले अलमल पक्कै पार्छन्। कुनै न कुनै हिसाबले सबै कथा एकअर्कासँग “कनेक्टेड” हुनु पथ्र्याे कि !
प्रत्यक्ष दिईएको सङ्गित नाटकको महत्वपूर्ण र बलियो पक्ष हो। सङ्गितले अन्तसम्म लठ्याई राख्छ। मञ्चमा सुलक्षण भारती, रोश्नी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पुजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्द कुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेमसागर सेजुवाल, इनारा बानु, शिला निरौला छन्। पौष पन्ध्रसम्म मञ्चन हुने नाटक मोन्टाजले वयस्कहरू थिएटरसम्म आउलान् भन्ने अपेक्षा गरेको प्र्रस्ट हुन्छ। प्र्रेमीले प्र्रेमीकालाई प्र्रेमीकाले प्र्रेमीलाई लिएर जानुस्, श्रीमतीले श्रीमान्लाई श्रीमान्ले श्रीमतीलाई लिएर जानुस्, यो ठिहिर्याउने चिसोमा प्र्रेमीप्र्रेमीका प्रेमिल गफगाफ, छलछाम, नक्कलझक्कलले पक्कै पनि न्यानो पार्ने छ। पक्कै पनि तपाईंको मुहारमा मुस्काउन ल्याउने छ।
नाटकः मोन्टाज
निर्देशकः सुलक्षण भारती
थिएटरः पुरानो घर थिएटर, सिनामंगल
प्रदर्शन मितिः मंसिर २२ देखि पुस १५ सम्म
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
