प्राधिकरणले जेठदेखि कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा रहेको जनाएको छ।
काठमाडौं– नेपालले गत जेठयता १० अर्ब ३९ करोड रुपैयाँबराबरको बिजुली भारत निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणले गत जेठ १९ देखि कात्तिकसम्म मुलुकभित्र खपत गरी बढी भएको १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँबराबरको १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् भारत निर्यात गरेको हो।
प्रााधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री शुरू गरेको थियो। यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारतीय रुपैयाँ नेपाल भित्रिएको प्राधिकरणले जनाएको छ।
शुरूमा दुईवटा विद्युत्गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् दैनिक रूपमा आइएक्समा बिक्री गरिएकोमा २७ जेठबाट ६ वटा जलविद्युत्गृहको ३ सय ६४ मेगावाट बिक्री गरिएको हो।
गत १८ र ३० कात्तिकबाट क्रमश: चिलिमे र सोलुखोलाको विद्युत् निर्यात शुरू भएसँगै भारतर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ।
खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट विद्युत् उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। "उद्योगहरूले अहिले स्वीकृति लोडअनुसार विद्युत् नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युत्को माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ", कार्यकारी निर्देशक घिसिङले भने।
प्राधिकरणका अनुसार आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा रहेको जनाएको छ।
विद्युत् निर्यातको परिमाण र प्राप्त रकम
थप २३.५ मेगावाट निर्यात अनुमति
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ। भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत् आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो।
प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए, १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेश गरेको थियो।
त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो। प्राधिकरणले योसँगै ८ जलविद्युत् केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत् भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
