मुगु जिल्लाकै अग्लो स्थानमा रहेको स्टेसन हो मुर्मास्थित रिले स्टेसन। २०० किलोवाट क्षमताको सोलार पावरबाट सञ्चालित यो स्टेसन कर्णालीको एक मात्र सोलार बत्तीजडित रेडियो स्टेसन हो।
मुगु– गत हप्ता मुगु यात्राका क्रममा रारा तालको पूर्ण स्वरूप हेर्न मुर्मा टप उक्लिँदै गर्दा हातमा रेडियो बजाउँदै हिँडेका रमेश बाटोमै भेटिए। हामीले उनीसँग लामो संवाद गर्ने अवसर पायौँ। मोबाइलमा गुञ्जिरहेको रेडियो सुन्दै बिहान बेलुकी मुर्मा टपको उकालो-ओरालो गर्ने रमेश रोकायाको दैनिकी बनेको रहेछ।
मुगुको रारा छायानाथ गाउँपालिकाको मुर्मा गाउँका रोकाया मुर्मा टपमा रहेको रेडियो नेपालको रिले स्टेसनका जागिरे हुन्। रेडियो बजे/नबजेको यकिन गर्न उनी आफ्नो मोबाइलमा हरबखत रेडियो बजाइरहन्छन्। कर्णालीका कुना कन्दरामा रेडियोको ध्वनि प्रवाह गर्ने उनलाई साथीभाइले 'रेडियो नेपाल' भनेर सम्बोधन गर्ने गर्छन्।
"सबै खबर सुन्न पाइने, त्यसैले रेडियोमा सानैदेखि रुचि जाग्यो। अहिलेको जस्तो प्राविधिक विषय पढ्न पाइनँ। तर पनि यसमा काम गर्न मन लाग्यो," अरूलाई रेडियो सुनाउन पाएकोमा आफूले गरेको जागिरले भरपुर खुशी मिलेको रोकायाले बताए।
"बर्षात्का बेला पर्ने चट्याङले त्रसित पार्छ, ज्यानकै जोखिमसमेत हुने गर्छ", रोकाया भन्छन्, "बाहिरबाट घुम्न आउने धेरै त सहयोगी र बुद्धिजीवी हुन्छन्। तर कतिपयले बिठ्याइँ गर्छन्, बिगार्न खोज्छन्। त्यसैले हरबखत हेरचाह गर्नुपर्छ।" रिले स्टेसन रहेकै संरचनामा उनको बस्ने कोठा छ। उनीसहित तीन जनाले पालैपालो यसको रेखदेख गर्ने गर्छन्।
घुम्न आउने मानिसहरूसँग परिचय आदानप्रदान गर्दै उनीहरूलाई स्थानीय भूगोलबारे जानकारी दिने गर्छन् उनी। हामीलाई पनि उनले आफ्नो कक्षमा चियाले स्वागत गरे।
तीन हजार ७२६ मिटरको उचाइमा रहेको मुर्माको रिले स्टेसन पूर्ण रूपमा सोलार बत्तीबाट चलेको छ। रेडियो नेपालका केन्द्रीय प्रवक्त्ता पुष्करराज गौतमका अनुसार जिल्लाकै अग्लो स्थानमा रहेको स्टेसन हो मुर्मास्थित रिले स्टेसन। २०० किलोवाट क्षमताको सोलार पावरबाट सञ्चालित यस स्टेसन कर्णालीको एक मात्र सोलार बत्तीजडित रेडियो स्टेसन हो।
भौगोलिक अवस्था र मौसमको प्रतिकूलताका कारण यस स्टेसन पूर्ण क्षमतामा सञ्चालन गर्न समस्या आइरहने उनले बताए। गौतमका अनुसार यस स्टेसनमार्फत मुगु जिल्लासहित बाजुराका केही भू-भागमा रेडियो प्रशारण हुने गर्छ।
बाँकी कथा भिडियोमाः
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
