बागमती सभ्यताविरुद्ध सुकुम्वासीहरू आन्दाेलित (तस्वीरहरू)

सुकुम्वासी तथा भूमिहीनहरू माइतीघरमा भेला भएर ब्यानर र प्लेकार्डसहित नयाँ बानेश्वर पुगेर कोणसभा गरेका छन्। 

तस्वीर : अमित मचामसी/उकालो

काठमाडाैँ– बागमती नदी करिडोरका सुकुम्वासीहरूले बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म खबरदारी र्‍याली निकालेका छन्।

वर्षौंदेखि प्रयोग गर्दै आएका घर/टहरा जबरजस्ती हटाउन लागिएको भन्दै आन्दोलनमा उत्रिएका हुन्। सुकुम्वासी तथा भूमिहीनहरू माइतीघरमा भेला भएर ब्यानर र प्लेकार्डसहित नयाँ बानेश्वर पुगेर कोणसभा गरेका थिए। 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कात्तिक २५ गते सूचना प्रकाशन गर्दै १० दिनभित्र घर/टहरा भत्काउन अल्टिमेटम दिएको थियो। राष्ट्रिय सुकुम्वासी मोर्चाको अगुवाईमा आन्दोलन भइरहेको हो। 

बिनाविकल्प उठीबास पार्न नपाइने, भूमि आयोगको कामलाई प्रभावित पार्न नहुने, घर/टहरा भत्काउने सूचना बन्द गर्नुपर्ने र लालपूर्जासहित भू–स्वामित्वको ग्यारेन्टीलगायत माग रहेको छ।