इरानमा दुई महिनायता जारी सरकारविराधी आन्दोलन थप हिंसात्मक बनिरहेको छ। आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३४८ पुगेको एचआरएएनएले जनाएकाे छ।
इरानमा सरकारविरूद्ध आन्दोलन गर्ने थप ४ जनालाई तेहरानस्थित अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
कारले ठक्कर दिएर प्रहरीको हत्या गरेको, प्रहरी अधिकारीमाथि छुरा प्रहार, ट्राफिक प्रहरीलाई अवरोध गरेको र ‘ईश्वरको निन्दा’ गरेको अभियाेगमा दोषी ठहर गर्दै इस्लामिक रिभोलुसनरी अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।
एक दिनअघि मात्रै अदालतले अर्का एक जनालाई मृत्युदण्ड दिने फैसला गरेको थियो। योसँगै तेहरान अदालतले आन्दोलनका क्रममा पक्राउ परेका पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइसकेको छ। उनीहरूले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्न भने पाउने समाचारसंस्था एपीले जनाएको छ।
मानवअधिकारवादी अभियन्ताहरूले भने इरानी अदालतको निर्णयको भर्त्सना गरेका छन्। सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हजारौँ इरानी प्रहरी हिरासतमा छन्। तर सोधपुछका क्रममा उनीहरूसँग वकिलको पहुँचसमेत नभएको, शारीरिक र मानसिक यातना दिई झूठा बयान दिन बाध्य पारिएको र सोही बयानलाई आधार मानेर सजाय दिइएको मानवअधिकारकर्मी मोहमुद अमिरी मोघाद्दामले बताएका छन्।
इरानमा दुई महिनायता जारी सरकारविराधी आन्दोलन थप हिंसात्मक बनिरहेको छ। मंगलबार मात्रै ६ जना आन्दोलनकारीले ज्यान गुमाएका छन्। योसँगै आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३४८ पुगेको र १५ हजार ९०० जना पक्राउ परेको ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
राजधानी तेहरानसहित मुख्य शहरहरूमा आन्दोलनकारीले सरकारविरोधी नारा चर्काएका छन्। इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीलाई लक्षित गर्दै ‘निरंकुशलाई फाँसी दे’ भन्दै नाराबाजी भइरहेको छ।
The Islamic Republic's security forces shoot, beat and arrest Iranian people inside metro stations & trains. To the world’s democratic nations: if you stand with the Iranian people against this barbaric, illegitimate regime, expel its ambassadors and recall your own.#MahsaAmini pic.twitter.com/feFtZUjDov
— Reza Pahlavi (@PahlaviReza) November 16, 2022
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
