भक्तपुरमा आगलागी, एक जनाको मृत्यु

मध्यपुर थिमि नगरपालिका– ६ माथिल्लो कुण्डोलमा आत्माराम केसी र हरिशरण केसीको तीन तले घर जल्दा २५ वर्षीया छोरी अस्मिता कसीकाे मृत्यु भएकाे छ।

तस्वीर : रासस

काठमाडौँ– भक्तपुरमा बुधबार बिहान भएको आगलागीमा एक जनाको मृत्यु भएको छ। 

मध्यपुरथिमी नगरपालिका– ६ माथिल्लो कुण्डोलका आत्माराम केसी र हरिशरण केसीको तीन तले घर जलेकाे हो। आगलागीमा परेर घरभित्र रहेकी आत्मारामकी छोरी २५ वर्षीया छोरी अस्मिताको ज्यान गएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए। 

सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको उनले बताए। आगलागीमा घाइते हरिशरणकी १४ वर्षीया छोरी नित्माको कोरियन अस्पतालमा उपचारपश्चात् डिस्चार्ज गरिएको छ।

आगो लाग्नुको कारण खुलिनसकेको प्रहरीको भनाइ छ।