जापानी स्टार्टअप कम्पनी एरविन्स टेक्नोलोजीले बनाएको पेट्रोलबाट चल्ने बाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ।
अमेरिकाको डेट्रोइट अटो शोमा फ्लाइङ बाइक ‘एक्सटुरिज्मो’ प्रदर्शन गरिएको छ। यो होभरबाइक जापानी स्टार्टअप कम्पनी एरविन्स टेक्नोलोजीले बनाएको हो। यो बाइक पेट्रोलबाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ।
८० देखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड लिमिट रहेको यो बाइकको ठूलो परिणाममा उत्पादन सुरु भएको छैन। यो बाइक एक पटकमा ३० देखि ४० मिनेटसम्म हावामा उड्न सक्छ। यो बाइक रातो, निलो र कालो रंगमा उपलब्ध छ। ३०० केजीको बाइकले उडान भर्दा करिब १०० केजी तौल उठाउन सक्छ।
पेट्रोल-इलेक्ट्रिक होभरबाइकमा कवासाकी हाइब्रिड इन्जिन प्रयोग गरिएको छ। बाइक उड्दा धेरै ठूलो आवाज आउँछ। 'नाइज रिड्यूसर' थपेपछि कम्पनीले २०२२ मा करिब २०० सीमित संस्करणहरू बेच्ने योजना बनाएको छ।
यो फ्लाइङ बाइक हलिउड फिल्म ‘स्टार वार्स’ मा देखिएको थियो। जापानी कम्पनीको यो होभरबाइक पनि यस्तै मोडलमा बनेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुहाई कोमात्सुले यो बाइकको जापानमा बिक्री सुरु भएको बताए। होभरबाइकको सानो संस्करण सन् २०२३ देखि अमेरिकामा बिक्री सुरु हुनेछ। त्यसपछि सानो र सस्तो संस्करण भारत, चीन र विश्वका अन्य देशमा सन् २०२५ देखि बिक्री सुरु हुनेछ।
अक्टोबर २०२१ मा कम्पनीले जापानमा भएको प्रदर्शनीमा बाइकको मोडल डिजिटल रूपमा सार्वजनिक गरेको थियो। केही महिनापछि उक्त बाइकको डेमो पनि सर्वसाधारणलाई देखाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
