शनिबार ९ जनालाई आयोगको कारबाही

अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्।

काठमाडौं– निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही थालेको छ।

अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लंघन गरेको घटनामा कारबाही गरेको जनाएको छ। 

शनिबार मात्रै ९ जनालाई कारबाही गरेको आयानेगले जनाएको छ। अचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरेकाे छ।

शिक्षक र कर्मचारीलाई विभागीय कारबाही पनि अगाडि बढाउन आयोगले सम्बन्धित मन्त्रालयलाई पत्र लेखेको जनाएको छ।