युक्रेनसँगको युद्धमा पुटिनलाई सघाउन र हतियार बिक्रीको विषयमा छलफल गर्न उनी रुस पुगेकाे बताइएकाे छ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुसी राष्ट्रपति भलादमिर पुटिनलाई भेट्न रुस पुगेका छन्। आइतबार आफ्नो निजी बख्तरबन्द रेलमा चढेर गएका किम मंगलबार बिहान रुस पुगेका हुन्।
दुई नेताबीच युक्रेनसँगको युद्धमा हतियार सहयोगको विषयमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। किम रुसको रकेट प्रक्षेपण केन्द्र भोस्टोक्नी कस्मोड्रोममा पुगेको बीबीसीले जनाएको छ। राष्ट्रपति पुटिन पनि उनलाई भेट्न त्यहीँ जाँदैछन्। तर उनले त्यहाँ किमसँग वार्ता गर्ने नगर्नेबारे अझै खुलाएका छैनन्।
स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, "हामी अहिले नै बैठक कहाँ हुने भन्न सक्दैनौँ।"
किम प्रतिनिधिमण्डलसहित कडा सुरक्षा व्यवस्थाका साथ रुस प्रवेश गरेका छन्। दुई देशका प्रतिनिधिमण्डल र दुई नेताबीच अलग-अलग बैठक बस्ने बताइएकाे छ। त्यसपछि क्रेमलिनमा रात्रिभोज हुनेछ।
यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले युक्रेनसँगको युद्धमा पुटिनलाई सघाउन र हतियार बिक्रीको विषयमा छलफल गर्न किम रुस जाने बताएका थिए। अहिले हतियारको सहयोग गरेर उत्तर कोरियाले भविष्यमा आफ्ना आणविक हतियार निर्माणको लागि आवश्यक पर्ने ज्ञान तथा प्रविधि रुसबाट सहयोग लिन सक्ने बताइएको छ।
यो भन्दा अगाडि किमले सन् २०१९ को अप्रिलमा रुसको भ्रमण गरेका थिए। त्यतिबेला पनि उनी आफ्नो बख्तरबन्द रेलमार्फत नै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
