स्कुलका प्रअ पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए।
रुकुम पश्चिम– आत्महत्या दुरुत्साहन मुद्दा परेपछि चौरजहारी नगरपालिका– १ पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रधानाध्यापक र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
स्कुलका प्रअ पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए। सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार आत्महत्या गरेकी थिइन्। विद्यालयमा प्रअ भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्घात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुन्डिएर आत्महत्या गरेको घरपरिवारको भनाइ छ।
विद्यालयमा बालिकामाथि प्रअले निरन्तर यातना र तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको छात्राका परिवारले आरोप लगाएका छन्। यस विषयमा अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। मृतक छात्रा सोही नगरपालिका–१ लामिछाने गाउँकी हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
