Friday, May 10, 2024

-->

इँटाभट्टाको जिन्दगी (तस्वीरहरू)

हिउँदका ६ महिना मात्र इँटा भट्टामा काम हुन्छ। बर्खामा पानी पर्ने भएकाले इँटा बन्दैन। यसका लागि बर्सेनि मौसमी रूपमा कामदार काठमाडौँ आउने गर्छन्।

इँटाभट्टाको जिन्दगी तस्वीरहरू
तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सबैको कथा एउटै हुन्छ भन्ने हुँदैन। कसैको सरल त कसैको कठिन हुन्छ। तर हरेक कामलाई सम्मान गर्नुपर्छ। 

कथा खोज्ने क्रममा यसपालिको कथामा हामी इँटाभट्टामा पुग्यौँ। हिउँदका ६ महिना मात्र इँटा भट्टामा काम हुन्छ। बर्खामा पानी पर्ने भएकाले इँटा बन्दैन। यसका लागि बर्सेनि मौसमी रूपमा कामदार काठमाडौँ आउने गर्छन्। हिउँद लागेसँगै उनीहरू इँटाभट्टा फर्किन्छन्।

यहाँका प्रायः इँटाभट्टामा नेपाल र भारतका कामदार छन्। अहिलेको समयमा विभिन्न प्रविधि भित्रिए पनि इँटाभट्टाको संसार उही पुरानै शैलीमा चलिरहेको छ। 

इँटा निर्माणका क्रममा मलिलो माटो चाहिन्छ। इँटालाई माटोको थुप्रो बनाइ ढाँचामा राखेर भट्टीमा छोडिन्छ। एउटा भट्टीमा इँटा बनाउनेदेखि इँटा बोक्ने, इँटा पोल्नेलगायत थुप्रै कामदार हुन्छन्। 


सम्बन्धित सामग्री