Thursday, May 09, 2024

-->

तुम्खेवा र बास्कोटालाई ‘अमर नेम्बाङ स्मृति’ सम्मान

'अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान'ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रूपमा कवि विमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बास्कोटालाई प्रदान गर्ने भएको छ।

तुम्खेवा र बास्कोटालाई ‘अमर नेम्बाङ स्मृति’ सम्मान

काठमाडौँ– 'अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान'ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रूपमा कवि विमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बास्कोटालाई प्रदान गर्ने भएको छ।

राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी स्व. अमरकुमार नेम्बाङको नाममा स्थापित प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।

उनका अनुसार अमर नेम्बाङको पाँचौँ स्मृति दिवसमा प्रदान गर्न लागिएको सम्मान पुरस्कारसँगै एक जना विद्यार्थीलाई छात्रवृत्ति र आगलागी तथा पहिरोपीडितलाई राहत वितरण पनि गरिने भएको छ। छात्रवृत्तितर्फ श्री ज्योति सेकेन्डरी स्कुल, फाल्गुनन्द-७ बाट १० कक्षामा अध्ययनरत विद्यार्थी प्रेमा लावतीलाई छनोट गरिएको छ।

गत वर्ष यस पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत भएका थिए। २०७८ सालमा शारदा सुब्बा र बिना थिङ, २०७७ सालमा डा. गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ सालमा डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो।


सम्बन्धित सामग्री