Sunday, May 05, 2024

-->

विमल पोखरेलको निबन्ध संग्रह 'धरतीको इन्द्रेणी' सार्वजनिक

विमल पोखरेलले लेखेको निबन्ध संग्रह धरतीको इन्द्रेणीको शनिबार विमोचन भएको छ। यसमा २३ निबन्ध संग्रहित छन्।

विमल पोखरेलको निबन्ध संग्रह धरतीको इन्द्रेणी सार्वजनिक

काठमाडौँ- निबन्धकार विमल पोखरेलको निबन्ध संग्रह धरतीको इन्द्रेणीको शनिबार विमोचन भएको छ।

नेपाल बार एसोसिएसनको सभाहलमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसाल र कान्तिपुर टेलिभिजनका सम्पादक अरुण बरालले पुस्तकको विमोचन गरेका थिए। 

उक्त पुस्तकमा २३ वटा निबन्ध छन्। लेखक पोखरेलले सामाजिक, राजनीतिक, भौगोलिक, सांस्कृतिक तथा ऎतिहासिक विषयमा लेखेका निबन्धहरूलाई पुस्तकमा समेटेका छन् । 

उक्त पुस्तक परिवेश मिडिया प्रालिले प्रकाशन गरेको हो। पुस्तकको मूल्य ३२० रुपैयाँ छ।
 


सम्बन्धित सामग्री