उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेलालाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किरात समुदायमा छ।
काठमाडौँ– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उँधौली पर्व मनाउँदै छन्।
किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धूमधामसँग मनाउँदै छन्। लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन शुरू गरेका थिए।
आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन्। किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउँछन्।
किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन्। बाली लगाउने बेलामा भने किरात जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ।
भूमिपूजाका लागि बिहानैदेखि महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।
ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ। त्यहाँ यो चाड आज विशेष रूपमा मनाइन्छ। पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन्। आफ्नो परम्परागत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ।
वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किरातले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने अनुसन्धाता राईले बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ।
उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेलालाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किरात समुदायमा छ।
खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किरात समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ। नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा छ। यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
