बाँकेमा आर्थिक वर्ष २०७९/८० मा १६० घरेलु तथा साना उद्योग बन्द भएका छन्। बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन्।
राँझा– बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा १६० घरेलु तथा साना उद्योग बन्द भएका छन्।
कार्यालयमा गएर आधिकारिक रूपमा बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका १६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए। उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन्। उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी/व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उनको भनाइ छ।
कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुने क्रम बढेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन्। कैयौँ उद्योगी/व्यवसायी नेपालगन्जबाट विस्थापित भएको उनको भनाइ छ।
जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको संख्या पनि गत आर्थिक वर्षमा घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७१२ नयाँ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७९/८० मा जम्मा ८७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिए।
उनका अनुसार गत आवमा कृषि तथा वनजन्यतर्फ ३६५, उत्पादनमूलक १४०, पर्यटनसम्बन्धी १३२ र सेवामूलक २३९ गरी कूल ८७६ उद्योग दर्ता भएका छन्।
गत आवमा ३१४ उद्योग नवीकरण भएका बुढाथोकीले बताए। नयाँ उद्योग दर्ता तथा नवीकरणबापत ८५ लाख ३० हजार १५० रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
