‘जेनजी’ आन्दोलनका कारण आपूर्ति प्रणालीमा केही समस्या देखिए पनि व्यवसायी र सरकारी निकायले खाद्य सामग्रीको पर्याप्त मौज्दात रहेको बताएका छन्।
काठमाडौँ– बिहीबार बिहान ६–९ बजेसम्म कर्फ्यु खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्री किन्नेहरूको घुइँचो लाग्यो।
नेपाली सेनाले जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि बिहीबार बिहान ६–९ बजेसम्म र साँझ ५–७ बजेसम्म खुला गरेको छ। यसबीचमा पसलहरूमा अत्यावश्यक सामग्री किन्न उपभोक्ताको भिड देखिएको हो।
निषेधाज्ञा र कर्फ्यु जारी रहेको तथा सरकार नेतृत्वविहीन भएको अवस्थामा खाद्यान्न आपूर्ति सहज होला वा नहोला भन्ने सर्वसाधारणमा चिन्ता छ। यसकारण सर्वसाधारणले केही दिनसम्म पुग्ने दाल, चामलजस्ता सामग्री मौज्दात राख्न थालेका छन्, जसले गर्दा पसलहरूमा भीड बढेको हो।
यस्तो अवस्थामा कालोबजारी र मूल्यवृद्धि हुन सक्नेप्रति अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। यद्यपि, ‘जेनजी’ आन्दोलनका कारण आपूर्ति प्रणालीमा केही समस्या देखिए पनि व्यवसायी र सरकारी निकायले खाद्य सामग्रीको पर्याप्त मौज्दात रहेको बताएका छन्।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार, खुद्रा पसलहरूमा दाल, चामल, तेलजस्ता सामग्री सहज रूपमा उपलब्ध छन्। ढुवानी सहज भएमा चाडपर्वको मुखमा समेत सामान अभाव नहुने उनी बताउँछन्।
यद्यपि, यातायातका साधन रोकिए वा यातायात व्यवसायीले सामग्री ढुवानी नगरेमा भने आपूर्तिमा धक्का पुग्ने उनको भनाइ छ। “उनीहरूले सामान ढुवानी गरेनन् भने समस्या हुन्छ,” उनी भन्छन्, “नभए खुद्रास्तरमा खाद्यान्न पसलमा सामान लगेर बिक्री भइरहेको छ। उपभोक्तालाई सामान छैन भन्नु पर्ने अवस्था छैन।”
तर, थोक विक्रेताबाटै विभिन्न बहानामा मूल्य बढाइन सक्ने उनको आशंका छ। “काठमाडौँमा ३-४ महिना बाहिरबाट सामान नआए पनि पुग्ने स्टक व्यापारीहरूसँग छ भनिन्छ, तर यही मौका छोपेर ठूला व्यापारीहरूले मूल्यवृद्धि गराएको पाएका छौँ,” तुलाधरले भने, “पहिरो गयो भन्न नपाउँदै मूल्य बढ्ने गरेको छ।”
यता, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि पर्याप्त मौज्दात रहेको जनाएको छ। कम्पनीका सूचना अधिकारी माधव मिश्रले देशैभर तीन लाख क्विन्टल (३० हजार टन) चामल मौज्दात रहेको जानकारी दिए। चिनी, तललगायतका सामग्री पनि पर्याप्त मौजाद रहेको मिश्रको दाबी छ। “संकट परेको स्थानमा माथिल्लो निकायको आदेश आउनासाथ खाद्य भण्डारबाट सामग्री पठाउन सकिन्छ,” उनले भने।
यसैबीच, ‘जेनजी’ प्रदर्शनका क्रममा मंगलबार साँझ लहानस्थित कम्पनीको गोदाम तोडफोड गरी साढे ८ हजार क्विन्टल चामल र ३२ सय क्विन्टल चिनी लुटपाट र आगजनी भएको मिश्रले बताए।

तरकारी आपूर्तिमा गिरावट
उपत्यकाको करिब ७० प्रतिशत माग धान्ने कालीमाटी फलफूल तथा तरकारी बजारमा सामान्य अवस्थामा दैनिक सात सय टन तरकारी भित्रिने गर्छ। तर, बिहीबार जम्मा ५० देखि ६० टन मात्र तरकारी भित्रिएको कालीमाटी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। केही मौज्दात रहेको र बुधबार राति आएको तरकारी बिहीबार बिहान नै बिक्री भइसकेपछि भने दिनभर पसल बन्द छन्। मंगलबार राति पनि जम्मा १०० टन हाराहारीमा मात्र तरकारी आएको उनी बताउँछन्।
सार्वजनिक यातायात नचल्दा किसानहरूले बारीबाट तरकारी नटिपेकाले आपूर्तिमा भारी गिरावट आएको हो। कफ्र्युका कारण तरकारी किन्न आउनेको संख्या पनि निकै कम रहेको श्रेष्ठ बताउँछन्। बिहीबारदेखि केही खुकुलो हुँदै गएकाले शुक्रबार अवस्था सहज हुने अपेक्षा व्यवसायीको छ।
प्रदर्शनकारीले कालीमाटी बजारमा समेत सामान्य तोडफोड गरेका थिए। दुई वटा कम्प्युटर, फर्निचर र मोटरसाइकलमा क्षति पुर्याउनुका साथै आगजनी पनि गरेको तर व्यवसायीको सहयोगमा नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको समितिले जनाएको छ। ढुवानी सहज हुनेबित्तिकै तरकारीको आपूर्तिमा सुधार आउने श्रेष्ठको भनाइ छ।

इन्धन: मौज्दात पर्याप्त तर सुरक्षामा चुनौती
नेपाल आयल निगमले इन्धनको मौज्दात पर्याप्त रहेको जनाएको छ। तर ढुवानीका लागि सुरक्षा चुनौती मुख्य समस्या रहेको देखिएको छ। बुधबार राति पर्सामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटमाथि प्रदर्शनकारीले तोडफोड गर्दा चालक घाइते भएका छन्।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, पेट्रोल, डिजेल र ग्यासको मौज्दात पर्याप्त छ। अति प्रज्वलनशील पदार्थ बोकेका ट्यांकर र पेट्रोल पम्पको सुरक्षा महत्त्वपूर्ण विषय बनेको छ।
साढे २ बजेसम्म ४० देखि ४५ वटा बुलेट ग्यास वीरगन्जबाट छुटेको जानकारी आएको ठाकुरले बताए। “आपूर्तिमा समस्या छैन, तर अति प्रज्वलनशील पदार्थ बोकेका ट्यांकरलाई कहीँकतै केही भएमा ठूलो जनधनको क्षति हुन सक्छ,” ठाकुरले भने।
निगमले बजारमा मागअनुसार इन्धन र ग्यास उपलब्ध हुने भएकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बिहीबार
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
