सत्ता गठबन्धनले रूपन्देही-२ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको छ। सर्वोच्च अदालतले सत्ता गठबन्धनका उम्मेदवार राजु गरूङको उम्मेदवारी खारेज गरेको थियो।
काठमाडौँ- सत्ता गठबन्धनले लामो कसरतपछि आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा रूपन्देही–२ मा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशवबहादुर थापा (सूर्यवंशी) लाई समर्थन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकले थापालाई समर्थन गर्ने निर्णय गरेको बैठकमा सामेल राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीले पुष्टि गरे।
“रूपन्देही –२ मा यसअघि सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका राजु गुरूङको उम्मेदवारी खारेज भएपछि अब त्यहाँ कसलाई उठाउने भन्नेबारे हाम्रो लामो छलफल भयो। अन्ततः हामीले थापालाई समर्थन गर्ने निर्णयमा पुगेका हौँ,” पुरीले भने।
रूपन्देहीमा–२ मा प्रतिपक्ष नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनले पौडेलका प्रतिस्पर्धी गुरूङलाई बनाउने निर्णय गरे पनि गुरूङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
