रसुवामा साढे तीन बजेसम्म ६४ प्रतिशत मतदान

प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए। 

रसुवा– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आइतबार जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए। 

उनले मतदान शान्तिपूर्णरूपमा भइरहेको बताए। रसुवामा  ३४ मतदानस्थलमा ५४ वटा मतदान केन्द्र छन्। एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यका लागि सातवटा राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।