विभागले शनिबार जारी गरेको विशेष बुलेटिनअनुसार अनुमान गरिएजस्तो ठूलो बाढीको खतरा नदेखिए पनि आगामी दुई दिन साना नदीहरूमा आकस्मिक बहावको जोखिम कायमै रहेको जनाएको छ।
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार अनुमान गरिएको जस्तो बाढीको खतरा नरहेको जनाएको छ। यद्यपि, आज र भोलि देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागले शनिबार विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने र त्यसका कारण बाढीपहिरो तथा डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेको थियो। सोही आधारमा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी गरिएको थियो।
विभागका बाढीविद् सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरिएको स्तरको बाढीको जोखिम नदेखिएको बताए। “अति भारी वर्षाको सम्भावना भनिए पनि भारी वर्षा एक–दुई स्थानमा मात्रै भयो। वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले हामीले प्रक्षेपण गरेअनुसार ठूलो बाढी जोखिम आएन”, उनले भने, “तर आज र भोलि केही साना-साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम छ।”
उनका अनुसार आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
यद्यपि झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोлखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना-साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्वतयारीका गतिविधिलाई सशक्त बनाएको छ।
प्राधिकरणका अनुसार अन्य जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
