काठमाडौं महानगरपालिकाले जनस्वास्थ्यसमेत प्रतिकूल असर पर्ने भन्दै खुल्ला ठाउँमा आगो बाल्न र फोहोर लगाउन रोक लगाएको छ।
काठमाडौं– काठमाडौं महानगरपालिकाले खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने काममा प्रतिबन्ध लगाएको छ।
खुलारूपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यसमेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ। यस्ता कामले देशको राजधानीसमेत रहेको शहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको हो।
लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहोर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। महानगरपालिका वरपरका नगरपालिकामा पनि खुलारूपमा आगो बाल्ने र फोहोर जलाउने गरिएको छ।
प्रतिबन्धका बावजुद यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
