पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो।
काठमाडाैँ– पाकिस्तानी बलरसामु चल्न नसक्दा नेपाल एशिया कपको पहिलो खेलमै पराजित भएको छ। बिहीबार सम्पन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको हो। पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो।
सोमपाल कामी, आरिफ शेख र गुलशन झाबाहेक अन्य ब्याटरले नेपालका लागि दोहोरो अंकमा रन बटुल्न सकेनन्। सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। उनले ४६ बलमा ४ चौका प्रहार गरे। यता, आरिफले ३८ बलमा ५ चौकासहित २६ रन बनाए। गुलशन १३ रनमा आउट भए।
ओपनर कुशल भुर्तेल ८, आशिफ शेख ५, दीपेन्द्रसिंह ऐरी ३ र कुशल मल्ल ६ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले खाता खोल्न सकेनन्।
पाकिस्तानका शादाब खानले सर्वाधिक ४ विकेट लिए। उनले ६.४ ओभरमा २७ रन खर्चिए। शाहिन शाह अफ्रिदी र हरिस रोउफले २/२ विकेट लिँदा नासिम शाह र मोहम्मद नवाजको नाममा १/१ विकेट रह्यो। त्यसअघि मुलतान क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो।
पाकिस्तानले शुरूआत खराब गरेको थियो। उसले ६.१ ओभरमा २५ रन बनाउँदा नै २ विकेट गुमाइसकेको थियो। तर, कप्तान बाबर अजामले क्रिजमा टिक्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। उनले १३१ बलमा १४ चौका र ४ छक्कासहित १५१ रन प्रहार गरे। उनले १०२ बलमा शतक पूरा गरेका थिए। उनको ओडीआई करिअरमा यो १९औँ शतक हो।
यता, इफ्तिखार अहमदले अविजित रहँदै ७१ बलमा ११ चौका र १ छक्कासहित १०९ रन प्रहार गरे। उनको ओडीआईमा यो पहिलो शतक हो। उनीहरूबीच पाँचौँ विकेटको लागि १३१ बलमा २१४ रनको साझेदारी भयो। बाबर ४९.४ ओभरमा सन्दीप जोराबाट क्याच आउट भए। यस्तै, मोहम्मद रिजवानले ५० बलमा ६ चौकासहित ४४ रन प्रहार गरे। बाबर र रिजवानबीच तेस्रो विकेटका लागि १०६ बलमा ८६ रनको साझेदारी भएको थियो। रिजवान २४औँ ओभरको चौथो बलमा रन आउट भए।
ओपनर फाखर जमान १४ र इमान उल हक ५ रनले आउट भए। यस्तै, आगा सलमान ५ र शादाब खान ४ रनमा क्याच आउट भए।
नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८२ रन खर्चिँदै २ विकेट लिए। करण केसी र सन्दीप लामिछानेको नाममा १/१ विकेट रह्यो।
अब नेपालले समूह चरणको अन्तिम खेल सेप्टेम्बर ४ मा भारतसँग खेल्ने छ। उक्त खेल श्रीलंकामा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
