बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेस अदालतले थोमस्सेज ब्याटरसी विद्यालयका उपप्रमुख म्याथ्यु स्मिथलाई बालयौन दुर्व्यवहारमा दोषी ठहराएको छ।
काठमाडौँ- बेलायतको थोमस्सेज ब्याटरसी विद्यालयका उपप्रमुख म्याथ्यु स्मिथ बालयौन दुर्व्यवहारमा दोषी ठहर भएका छन्।
३४ वर्षीय शिक्षक म्याथ्युले बालबालिकाहरूलाई यौनजन्य अश्लील चित्रहरू बनाउन तथा बाँड्न लगाएको र यौन शोषण गर्नेगरेको आरोप लागेको थियो।
वेस्टमिन्स्टर म्याजिस्ट्रेस अदालतले म्याथ्युलाई बालयौन दुर्व्यवहारमा दोषी ठहराएको हो। सजायको फैसला भने साउथवार्क क्राउन कोर्टले अर्को दिन सुनाउने बताइएको छ।
बेलायतको प्रतिष्ठित र महँगोमध्येको थोमस्सेज ब्याटरसी विद्यालयमा बेलायती राजकुमार जर्ज र राजकुमारी सार्लोटले समेत पढेका थिए। यस विद्यालयमा अध्ययन गर्न वार्षिक २० हजार पाउन्डसम्म तिर्नुपर्छ। अदालतको फैसलापछि विद्यालयले सबै विद्यार्थीको घरपरिवारमा जानकारी गराउँदै सचेत हुन भन्दै इमेल पठाएको डेलीमेलले उल्लेख गरेको छ। म्याथ्युमाथिको आरोप यस विद्यालयका विद्यार्थीसँग भने नजोडिएको डेलीमेलले जनाएको छ।
गत सेप्टेम्बरमा थोमस्सेज ब्याटरसीमा काम शुरू गरेका म्याथ्युविरुद्ध बालयौन शोषणको आरोप लागेपछि विद्यालयले उनलाई तत्काल कामबाट निकालिदिएको थियो। त्यसपछि बेलायतको राष्ट्रिय अपराध विभागले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। बृहत् अनुसन्धानपछि म्याथ्युलाई गत आइतबार नियन्त्रणमा लिइएको थियो।
म्याथ्युले यसअघि काठमाडौँस्थित ब्रिटिस स्कुलमा सहायक प्रधानाध्यापकका रूपमा पाँच वर्ष काम गरेका थिए। सेन्ट पल स्कुलमा समेत पढाएका उनले अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयबाट डिग्री हासिल गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
