सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि सबै क्षेत्रमा मतपत्र पुर्‍याएको छ।

काठमाडौँ- मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको छ। 

बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको जनाएको छ।