सीआईबीले लेखनको काम नसकिएकाले सोमबार सरकारी वकिलको कार्यालयलाई ललिताननिवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउन नसकिएको जनाएको छ।
काठमाडौँ– ललिताननिवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार पनि अनुसन्धान प्रतिवेदन नबुझाउने भएको छ।
सीआईबीका एक अनुसन्धान अधिकृतले सोमबार प्रतिवेदन नबुझाइने जानकारी दिए। लेखनको काम नसकिएकाले प्रतिवेदन बुझाउन नसकिने सीआईबीले जनाएको छ।
तर ती अनुसन्धान अधिकृतका अनुसार सञ्चारसचिव कृष्णबहादुर राउतलाई प्रतिवादी बनाउने या नबनाउने भन्ने विषयमा निर्णय हुन नसकेपछि प्रतिवेदन बुझाउने काम रोकिएको हो। सरकारले प्रतिवादी नबाउन सीआईबीलाई निर्देशन दिएको र सीआईबीले बनाउनुपर्ने अडान राखेपछि प्रतिवेदन पेश हुन ढिलाइ भएको ती अधिकृतले जानकारी दिए।
सीआईबीका एसएसपी दिनेश आचार्यले पनि सोमबार प्रतिवेदन पेश नहुने बताए। उनले केही प्राविधिक कारणले प्रतिवेदन पेश गर्न नसकिने अवस्था रहेको बताए।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले पनि पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति लिएको भन्दै सोमबार प्रतिवेदन पेश नहुने जानकारी आएको बताए।
यसअघि सीआईबीले आइतबार नै प्रतिवेदन बुझाउने भनेको थियो। तर पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको पनि बयान लिनुपर्ने भएपछि रोकिएको थियो। सीआईबीले आइतबार राति पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बयान लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
