आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको निर्देशक डा. सन्ताेष पाैडेल बताउँछन्।
काठमाडाैँ– वीर अस्पतालका निर्देशक डा. सन्ताेष पाैडेलले आकस्मिक सेवा नि:शुल्क सञ्चालन गर्न पर्याप्त बजेट नभएकाे बताएका छन्।
आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि वीर अस्पतालसँग बजेट पर्याप्त नहुँदा अप्ठ्यारो भएको उनकाे भनाइ छ। निर्देशक डा.पौडेलले नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिए पनि कार्यान्वयमा चुनौती सृजना भएको बताए। उनकाअनुसार गरिब तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन सकिएकाे छैन। आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शिर्षकमा १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको उनकाे भनाइ छ। आकस्मिक सेवातर्फ ५२ शैय्या सञ्चालनमा छन्।
आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरे पनि त्यो पर्याप्त नभएकाे डा. पाैडेल बताउँछन्। उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोधभर्ना हुने आश्वासन पाएको पनि बताए।
"अहिले हामीलाई आकस्मिक सेवा सञ्चालन गर्न वीर अस्पतालमा साँच्चिकै समस्या छ। हुन त हामीले धेरै सेवा निःशुल्क दिइरहेका छौँ। औषधि खरिदमा निःशुल्क सेवा दिन सकिरहेका छैनौँ। आकस्मिक सेवामा प्रयोग हुने औषधिलाई पनि छुट दिन सकियो भने राहत पक्कै हुन्थ्यो।," उनले भने, "अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट गर्यौं । तर, सरकारले हामीलाई विभिन्न शिर्षकमा १ करोड १५ लाख रुपैयाँ दियो । भनेपछि त हामीले निःशुल्क उपचारमा आठ गुणा बढी खर्च गरेछौँ । आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउन बजेट पुगेन भनेर बजेटमा तीन करोड पुर्याउनुभएको छ । त्यो पनि पर्याप्त होइन । हामी अझै लबिङ गर्दैछौँ ।"
यस्तै, निर्देशक डा.पौडेलले वीर अस्पतालले निकट भविष्यमा नै शल्यक्रियामा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने बताएका छन्। त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थियटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
