लुम्बिनी लोकसेवाले माग्यो ७७ जना कर्मचारी

प्रदेश लोकसेवा आयोग लुम्बिनीले शुक्रबार सूचना प्रकाशन गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि आवेदन मागेको छ।

काठमाडौँ– प्रदेश लोकसेवा आयोग लुम्बिनीले चौथो तहका विभिन्न पदमा कर्मचारी मागेको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि आवेदन मागेको हो। आयोगले विभिन्न पदमा ७७ जनाका लागि विज्ञापन खुलाएको छ।

मंसिर १५ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने छ। प्रथम चरणको परिक्षा माघ १४ गते हुने आयोगले जनाएको छ।