अस्पतालमा भर्ना भएका बिरामी बच्चा, कम तौल र समयभन्दा अगाडि जन्मिएका शिशुलाई अनावश्यक औषधि तथा विष मिसाइएकाे इन्सुलिन दिएर हत्या गरेको आरोपमा अदालतले ती नर्सलाई दोषी ठहर गरेको छ।
नवजात शिशुको हत्या गरेको अभियोगमा एक बेलायती नर्सलाई अदालतले ८ वर्षपछि दोषी ठहर गरेको छ।
उत्तरी इंग्ल्यान्डकाे चेसायरस्थित काउन्टेस अफ चेस्टर अस्पतालको नवजात शिशु कक्षकी पूर्वकर्मचारी लुसी लेटबीलाई गएको शुक्रबार त्यहाँको एक अदालतले दोषी ठहराएको हो।
नवजात शिशु कक्षमा भर्ना भएका बिरामी बच्चा, कम तौल र समयभन्दा अगाडि जन्मिएका शिशुहरुलाई अनावश्यक औषधि तथा विष मिसाइएकाे इन्सुलिन दिएर हत्या गरेको आरोपमा उनलाई दोषी ठहर गरेको द गार्डियनले लेखेको छ। उनले सन् २०१५ देखि २०१६ को बीचमा सातजना शिशुहरुको हत्या गरेकी थिइन्।
शुरूमा नवजात शिशु विभागका मुख्य डाक्टर स्टिफन ब्रेयरेले ती नर्सकै कारण शिशुहरूको ज्यान गएको भन्दै अस्पताल प्रशासनलाई जानकारी गराएका थिए। तर, त्यतिबेला अस्पताल प्रशासनले उनीमाथि कुनै पनि कारबाही गरेन।
सन् २०१५ जुनदेखि शुरू भएको यो शृंखला सन् २०१६ जुनसम्म चलिरह्यो। जसमा उनले सातजना शिशुको हत्या गरेकी थिइन् भने त्यति नै शिशुको हत्या प्रयास गरेकी थिइन्। तर, अस्पताल प्रशासनले घटनालाई अस्पतालभित्रै मिलाउन दबाब दिइरहेको थियो। यस्तोमा अस्पतालका अन्य डाक्टरहरू अनुसन्धानको लागि प्रहरीकहाँ पुगेका थिए। त्यसपछि उनलाई प्रहरीले पक्राउ गर्ने र प्रमाण नपुगेर छाड्ने क्रम चलिरह्यो। सन् २०२० मा उनी तेस्रोपटक पक्राउ परेकी थिइन्।
गएको अक्टोबरदेखि भने अदालतमा मुद्दा लडिरहेकी लेटबीलाई म्यानचेस्टर क्राउन कोर्टमा २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि आरोप पुष्टिसहित फैसला सुनाएको हो।
त्यतिबेला सँगै काम गरेकी उनकी एकजना सहकर्मी नर्सका अनुसार लेटबीले बिरामी शिशु निको हुने/नहुनेबारे आफैलाई थाहा नभएको अवस्थामा उनीहरूका अभिभावकले आशा जगाएको देख्दा आफूलाई नराम्रो लाग्ने बताउने गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
