अभिनेता खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताएका छन्।
काठमाडौं– नेपाली चलचित्र कबड्डी ४ 'सिनेमा घर' एप्लिकेसनबाट हेर्न मिल्ने भएको छ। बिहीबार सिनेमा घर एपका सञ्चालक र कबड्डी-४ का निर्माताले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चालक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए। उनले नेपालमा एप्लिकेसनबाट पैसा तिरेर फिल्म हेर्ने बानी बिस्तारै विकास भइसकोको बताए।
अभिनेता लामिछानेले सिनेमा घर एपमा जय भोले र रातो टीका निधारमालगायतका चलचित्र राखिसकेको र युट्युबमा कमाउनेभन्दा राम्रो कमाइ गरेको बताए। उनले नेपालीमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेसनबाट सहयोग पुगेको बताए।
अभिनेता लामिछानेले अबको ४ वर्षपछि डिजिटिल मार्केटको कमाइबाट नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्न सकिने बताए। सिनेमा घर एपमा चलचित्र कबड्डी ४ शुक्रबारबाट चल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
