कांग्रेस नेता चन्द्र भण्डारीले बेइमानी गर्ने नेताहरू जुनसुकै पार्टीका भएपनि जनताले आगामी निर्वाचनमा हराउनुपर्ने बताएका छन्।
गुल्मी- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौँमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन्।
उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए। नेता भण्डारीले नेताहरूले लुटेको सम्पत्ति फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए।
उनले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरूलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्त्वहरूलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए।
नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यकता भएको बताए।
नेपाली राजनीतिमा बेइमान नेताहरू भएको बताउँदै उनले नेताहरूका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकिएको बताए।
नेता भण्डारीले मुलुकलाई दुरवस्थामा पुर्याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाइ गर्नुपर्ने बताए। उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
