दाइजो नदिएको निहुँमा आरतीको हत्या भएको परिवारको आरोप छ। हत्याका दोषीलाई कारबाहीको माग राखेर सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका हुन्।
काठमाडौँ- सिंहदरबार अगाडी प्रदर्शन गरेपछि जनकपुरकी आरती साहका परिवार सोमबार पक्राउ परेका छन्।
दाइजो नदिएको निहुँमा आरतीको हत्या भएको भन्दै उनीहरूले दोषीलाई कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन्। युथ एसोसिएसन अफ् नेपाल (यान)को आयोजनामा 'आरतीको न्यायका लागि' भन्दै माइतीघरबाट उनीहरूले प्रदशर्न थालेका थिए। प्रदर्शनकारी सिंहदरबार अगाडि पुगेपछि प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा आरतीका आमाबुबा र भाइबहिनी चार जनासहित २० जना छन्। यानका अध्यक्ष राहुलराज यादव पनि पक्राउ परेका छन्। उनीहरूलाई अहिले अनामनगर प्रहरी वृत्तमा राखिएको छ।
“हाम्रो साथी राजुकुमार महतोको स्वास्थ्य अवस्था बिग्रेको छ। पक्राउपछि गाडी चालकले यसरी गाडी कुदायो कि सबै जनालाई चोटपटक लागेको छ,” राहुलराजले उकालोसँग भने, “मेरो पनि खुट्टामा चोट लागेर रगत आएको छ। अरू साथीहरूलाई सामान्य चोट लागेको छ।”
दाइजो नदिएको निहुँमा आरतीको हत्या भएको परिवारजनको आरोप छ। उनीहरूले दुई महिनादेखि आरतीको न्यायका लागि माइतीघरमा धर्ना दिइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
