युरोपमा कोभिड संक्रमणको नयाँ लहर आउनसक्ने चेतावनी

युरोपेली मेडिसिन एजेन्सीले कोरोना महामारीको अर्को आउने चेतावनी दिएको छ । पछिल्लो समय केही कम भएको संक्रमण फेरि बढ्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

तस्वीर: एएफपी

युरोपियन मेडिसिन एजेन्सी ईएमएले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ। कोभिड १९ को महामारी पूर्ण रूपमा टरेको नभएर केही कम मात्र भएको भन्दै सो एजेन्सीले युरोपमा महामारीको अर्को लहर आउने चेतावनीसहित तयार रहन भनेको हो।



युरोपियन मेडिसिन एजेन्सीले मङ्गलबार युरोपका देशमा अहिले महामारी कम देखिए पनि यहाँका नागरिकमा यसको प्रकोप भने नघटेको बताएको हो। युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरी भन्छन्, "यहाँका देशहरुमा अहिले कोभिडको सङ्क्रमण घटेको पाइएको छ। युरोपियन देशहरूले आगामी दिनमा यो महामारीको अर्को लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरूको तयारीमा लाग्नुपर्छ।" युरोपमा आगामी शरद ऋतुमा महामारी थप बढ्ने र त्यसका लागि सतर्क रहनुपर्नेमा क्याबलेरीले जोड दिए। 



पहिलेका वर्षहरूको तुलनामा पछिल्लो समय विकसित कोभिडका नयाँ प्रजातिको प्रभाव बढेकाले यसको क्षतितर्फ सचेत रही तयारीका साथ अघि बढ्न उनले सुझाए।