साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। बिहीबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ विन्दुमा पुगेको छ।
बिहीबार सेन्सेटिभ इन्डेक्स १.१० अंकले बढेर ३९४.१५ विन्दुमा पुगेको छ भने फ्लट इनडेक्स ०.२१ अंकले बढेर १४२.८६ विन्दुमा र सेन्सेटिभ फ्लट इन्डेक्स ०.०१ अंकले १२९.८७ विन्दुमा कायम भएको छ। बिहीबार १०५ कम्पनीको शेयर बढ्दा १०८ कम्पनीको घटेको छ भने नौवटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन।
बिहीबार २६९ कम्पनीको ५५ लाख ३ हजार २१ कित्ता शेयर ५७ हजार ७८९ पटक खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार बैंक, विकास बैंकलगायत ६ वटा उपसमूहको शेयरमूल्य घट्दा त्यस बाहेकका उपसमूहको बढेको छ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १४८.९१ र निर्जीवन बीमा समूह १३५.२१ अंकले बढेको छ। त्यस्तै, विकास बैंक ११.१२ र जीवन बीमा समूहको ९.६९ अंकले घटेको छ।
बिहीबार सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्था लिमिटका लगानीकर्ताले कमाएका छन्। यो संस्थाको शेयर मूल्य ९.९ प्रतिशतले बढेको छ। त्यस्तै, सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता गुमाएका छन्। यो संस्थाको शेयर मूल्य ६.५३ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
