सीआईबीले एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अघि बढाएको छ। यो प्रकरणको छानबिनका लागि प्रहरी उपरीक्षक सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अघि बढाएको छ। राजस्व अनुसन्धान विभागले आइतबार अनुसन्धानको जिम्मा सीआईबीलाई दिएपछि उसले यो प्रकरणको अनुसन्धान अगाडि बढाएको हो।
प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले सीआईबीले एक सय किलो सुन प्रकरणको अनुसन्धान अघि बढाएको जानकारी दिए। उनका अनुसार सीआईबीले यो अनुसन्धानका लागि ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेको छ।
साउन २ गते भन्सार जाँचपास भएर बाहिरिएको सुन विभागको टोलीले सिनामंगलबाट बरामद गरेर अनुसन्धान गरिरहेको थियो। अन्तर्देशीय संगठित अपराध भएको ठहर गर्दै बाँकी थप अनुसन्धान सीआईबीले गर्नुपर्ने निष्कर्षसहित विभागले अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो।
विभागले मात्रै अनुसन्धान गरिरहेको तर, प्रहरी अनुसन्धानमा नभएको गुनासोपछि गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले सीआईबीलाई अनुसन्धानको जिम्मा दिन विभागलाई निर्देशन दिएका थिए। त्यसपछि आइतबारसम्मको अनुसन्धानको सम्पूर्ण विवरण र हिरासतमा रहेका व्यक्तिसमेतलाई विभागले नेपाल प्रहरीको जिम्मा लगाएको थियो।
२० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सम्पूर्ण अनुसन्धानका फाइल र पक्राउ परेका १७ जनालाई प्रहरीको जिम्मा लगाएको थियो। सीआईबीले अनुसन्धानको जिम्मेवारी नपाउनु अघि प्राविधिक पाटोतर्फ अनुसन्धान शुरू गरिसकेको थियो।
यसअघि विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न खटाइएका एसपी कृष्ण पंगेनीलाई अहिले सीआईबीको अनुसन्धानमा थप सहयोगका लागि भनेर प्रहरी प्रधान कार्यालयले खटाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
