अहिले टनेल बाहिरको गोलभेँडा प्रतिक्रेट दुई हजार ५०० र टनेलभित्रको दुई हजार ८०० रुपैयाँ पुगेको छ। भारतमा दुई हजार ८०० प्रतिक्रेटमा निर्यात भइरहेको छ।
काठमाडौँ– उत्पादनमा आएको कमी र भारत निर्यात हुन थालेपछि गोलभेँडाको मूल्य वृद्धि भएको छ।
महिनादिन अघि मात्रै नेपालमा उत्पादित गोलभेँडाले बजार नपाउँदा किसानले सडकमा फालेका थिए। तर, अहिले मूल्य एक्कासि बढेको व्यावसायीले बताएका छन्। पछिल्लो समय भारतसमेत जान लागेकाले बजार मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजारका व्यावसायी तारादेवी मगरले बताइन्।
यस्तै, उत्पादन कम भएरसमेत तरकारीको मूल्यमा उतारचढाव आएको उनको भनाइ छ। “भारतमा डुबान भएको कारण धेरै गोलभेँडा नष्ट भयो,” उनले भनिन्, ‘अहिले नेपाल गोलभेँडा करिब ७० प्रतिशत भारत निर्यात भइरहेको छ। त्यसैले मूल्य बढेको हो।” उनका अनुसार अघिल्लो वर्ष यही समयमा प्रतिक्रेट दुई हजार रुपैयाँसम्म थियो।
अहिले टनेलभन्दा बाहिरको गोलभेँडा दुई हजार ५०० र टनेलभित्रको दुई हजार ८०० प्रतिक्रेट पुगेको छ। भारतमा दुई हजार ८०० प्रतिक्रेटमा निर्यात भइरहेको छ। नेपाली बजारमा गोलभेँडा प्रतिकिलो १४० रुपैयाँ रहेको उनले बताइन्। अर्का व्यावसायी द्वारिका अधिकारीले विगतको तुलनामा गोलभेँडा अत्यधिक महँगो भएको बताए।
“१० रुपैयाँ प्रतिकिलोमा झरेपछि किसानहरूले सडकमा फाले। फल्न लागेकालाई औषधी उपचार गरेनन्,” उनले भने, “त्यसैले उत्पादन कम भएर मूल्य बढेको हो।”
सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकिदिए मात्रै उपभोक्ताले सधैँ एउटै मूल्यमा तरकारी खरिद गर्न पाउने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
