प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाह नाका हुँदै चाडपर्व खर्च जुटाउन भारत जानेको लर्को लाग्ने गर्छ। हाल दैनिक २०० जनाभन्दा धेरै नेपाली भारत गइरहेको सीमानाका जमुनाहले जनाएको छ।
जानकी– दशैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत हिँडेका बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा शनिबार नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। बर्खेखेती सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको उनले सुनाए।
“परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु। खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि सिम्लामै जान्छु,” ६० वर्षीय उनले भने, “मिले दशैँ–तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा पैसा पठाइदिन्छु।”
बुढा विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आएका छन्। नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उनको गुनासो छ। “नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ,” उनले भने, “घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र? तर गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ।”
सुर्खेत मेलकुनाका हरि ओली पनि मजदुरीका लागि भारत जाँदै गर्दा जमुनाहमा भेटिए। घरमा स्कुल पढ्ने छोराछोरी छन्। पढाउनलाई र दशैँ–तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले सुनाए। “हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ। यसरी व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन। रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ।” ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताए।
प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाह नाका हुँदै चाडपर्व खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्छ। यस वर्ष पनि नाकामा असारे खेतीबाली सकेर यसरी भारत जानेको लर्को छ। हाल दैनिक २०० जनाभन्दा धेरै नेपालीहरू रोजगारीको सिलसिलामा भारत गइरहेको सीमानाका जमुनाहले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
