अर्थमन्त्री महतले स्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायको समस्या समाधान गर्न कठिनाइ भएको बताएका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायीलाई भुक्तान गर्न समस्या देखिएको बताएका छन्।
शनिबार काठमाडौँमा नेपाल अडिटर्स एसोसिएसन (अडान) को १८औँ ‘अडान डे’को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायको समस्या समाधानको भरपाई गर्न नसकिएको बताएका हुन्। उनले हरेक क्षेत्रमा समस्या भएझैँ राज्य संयन्त्रमा पनि समस्या रहेको बताए।
बजेटमा घोषणा गरिएका कार्यक्रम कार्यान्वयन नगर्दा र त्यसको अन्तर्निहित विषयवस्तुबारे गहनता र गम्भीरतासाथ नसोच्दा समस्या उत्पन्न भइरहेको बताए। बहुवर्ष कार्यक्रम भन्दै पाँच अर्बको ठेक्का पाँच करोड स्रोत सुनिश्चितता गरी अगाडि बढाउँदा जटिलता थपिएको उनको भनाइ छ।
“फ्युचर इन्कमको पोसिबिलिटी र त्यो सीमा कति हुनसक्छ? भन्ने कुराको ख्याल नगरी हामीले अहिले नै भविष्यको कुरा निर्णय गर्यौँ। पाँच करोड अहिले राखेर पाँच अर्बको ठेक्का। स्रोत सुनिश्चितता बहुवर्ष भनेर भन्यौँ। ठेक्का लाग्यो काम थाल्यो स्रोत छैन,” उनले भने, “त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्याहरू दायित्वहरू सिर्जना हुँदै गयो, त्यसलाई समाधान गर्ने ब्याकअप रिसोर्सेस छैन। त्यसकारण अहिले जति पनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ।”
अर्थमन्त्री महतले भविष्यको निर्णय गर्ने, तर स्रोतबारे जानकारी नराख्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको भन्दै त्यसको शुरूआत आफूले गरेको बताए। विचार नगरी गरिएका निर्णयका कारण उत्पन्न समस्या समाधान गर्न केही समय लाग्ने उनको भनाइ थियो। “एउटा घोषणाले सबै कुरा क्लिन–अप गर्न गाह्रो छ, बिस्तारै हटाउँदै जानुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
