इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले अदालतको आदेशलाई पक्षपाती भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खान पक्राउ परेका छन्।
ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा दोषी ठहर गरेलगत्तै खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
खानका वकिल इन्तजार हुसैनले पूर्वप्रधानमन्त्री खानलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन्। न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए।
इस्लामवादको जिल्ला तथा ट्रयाल अदालतले खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिबाना तोकेको छ।
बीबीसी हिन्दीका अनुसार इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले अदालतको आदेशलाई पक्षपाती भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ।
पार्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन्, “इतिहासकै सबैभन्दा खराब मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने कोशिश गरे र मुद्दाका तथ्यहरूलाई खास अजेन्डाअनुसार अगाडि बढाइयो।”
पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले अदालतबाट सजाय पाएपछि इमरान खान आगामी पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य भएको बताए।
यसअघि गत वैशाखमा अल कादिर ट्रस्ट मुद्दामा इमरान खान पक्राउ पर्दा देशभर व्यापक प्रदर्शन भएको थियो। विरोध प्रदर्शनका क्रममा ठाउँ ठाउँमा झडप हुँदा केही व्यक्तिले ज्यान गुमाएका थिए भने कैयन् घाइते भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
