बिहीबार आयोजित रात्रिभोजमा प्रधानमन्त्री सरिफले विधानसभाको कार्यकाल सकिनुभन्दा तीन दिन अगाडि अगस्ट ९ मा राष्ट्रियसभा भंग गर्ने जानकारी गराएका छन्।
पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले राष्ट्रियसभा भंग गर्ने घोषणा गरेका छन्।
बिहीबार प्रधानमन्त्री निवासमा आयोजना गरिएको रात्रिभोजमा सरिफले वर्तमान विधानसभाको कार्यकाल सकिनुभन्दा तीन दिन अगाडि अगस्ट ९ मा राष्ट्रियसभा भंग गर्ने जनाएको समाचार संस्था डनले जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र विघटन कार्यान्वयनका लागि सिफारिसमा हस्ताक्षर गर्नुपर्छ। राष्ट्रियसभा समय अगावै विघटन हुने भएकाले ९० दिनभित्र आम निर्वाचन हुनुपर्ने छ।
राष्ट्रियसभाले आफ्नो कार्यकाल पूरा गरेमा ६० दिनभित्र निर्वाचन गराउने व्यवस्था छ, तर समयअघि विघटन भएमा ९० दिनसम्मको समय दिइएको छ। रात्रिभोजमा प्रधानमन्त्री सरिफले सत्तारुढ दलभित्रको छलफललाई अन्तिम रूप दिएको बताएका थिए।
कार्यवाहक संरचना गठनका विषयमा शुक्रबार जुममार्फत सहयोगी दलसँग बैठक बस्ने बताइएको छ। विदेशमन्त्री बिलावल भुट्टो–जरदारीले पनि यस विषयमा प्रधानमन्त्री सरिफसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
