भारतले अस्ट्रेलियासँगको खेलबाट विश्वकपको शुरूआत गर्ने छ। यी दुई टोली ८ अक्टोबरमा चेन्नईमा भिड्ने छन्।
काठमाडौँ– एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत अहमदाबादमा हुने भारत र पाकिस्तानबीचको खेलको मिति परिवर्तन भएको छ।
समाचार संस्था पीटीआईका अनुसार सुरक्षा कारण देखाएर अक्टोबर १५ मा हुने खेल एक दिनअघि सारिएको हो। अब यो खेल १४ अक्टोबरमा हुनेछ।
यस्तै, पाकिस्तान र श्रीलंकाको खेलको मिति पनि परिवर्तन भएको छ। यो खेल १२ अक्टोबरमा हुने तय थियो। अब १० अक्टोबरमा हुनेछ। यो परिवर्तनका कारण पाकिस्तानले भारतसँगको खेलअघि ३ दिनको अन्तर पाउनेछ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जुनको अन्त्यमा एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक गरेको थियो। तालिका अनुसार खेलहरू अक्टोबर ५ मा शुरू हुनेछन्।अन्य टोलीको केही खेलको समय पनि परिवर्तन हुन सक्ने पीटीआईले जनाएको छ।
अक्टोबर १५ मा अहमदाबादमा हुने खेललाई लिएर सुरक्षा निकायले चिन्ता व्यक्त गरेका थिए। यो मिति नवरात्रको पहिलो दिन हुने बताएका थिए। यस्तो अवस्थामा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन समस्या हुने उनीहरूको भनाइ थियो। त्यसपछि आईसीसी र बीसीसीआईले पाकिस्तान बोर्डसँग सम्पर्क गरी खेलको मिति परिवर्तन गरेको हो।
भारतीय टोलीले अस्ट्रेलियासँगको खेलबाट विश्वकपको शुरूआत गर्ने छ। भारत र अस्ट्रेलियाबीचको यो खेल ८ अक्टोबरमा चेन्नईमा हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
