पूर्वाधार विकास समितिले भौगर्भिक अध्ययन नगरी नदी किनारमा बस्ती नबसाल्न, काठमाडौँ उपत्यकाका खोलानालाको सफाइ गर्न पनि सरोकार भएका निकायलाई निर्देशन दिएको छ।
काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले यही साउन ७ गते रानीबारीस्थित सामाखुसीमा भएको दुर्घटनामा परी बेपत्ता भएका विधान आलेमगरको खोजी गर्न र त्यस्ता घटना नदोहोरिने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ।
वर्षात्का समयमा यस्ता घटना अन्यत्र नदोहोरिने गरी काम गर्न समितिले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीलगायत सरकारी निकायलाई निर्देशन दिएको हो।
समितिले भौगर्भिक अध्ययन नगरी नदी किनारमा बस्ती नबसाल्न, काठमाडौँ उपत्यकाका खोलानालाको सफाइ गर्न पनि सरोकार भएका निकायलाई निर्देशन दिएको छ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सामाखुसीमा भएको जस्ता घटना दोहोरिन नदिन विभिन्न निकाय संलग्न हुनुपर्ने भएकाले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए।
चक्रपथको ढल सामाखुसीमै मिसिने भएकाले व्यवस्थापनका लागि मन्त्रालय र त्यस अन्तर्गतका निकायले काम गर्ने उनको भनाइ थियो। वर्षात्मा मानिसको जीउ, धन, सम्पत्तिको सुरक्षाका लागि काम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री ज्वालाले स्पष्ट पारे।
समितिका ज्येष्ठ सदस्य लालवीर चौधरीले पूर्वाधार निर्माण गर्दा आइपर्ने यस्ता समस्या समाधान गरेर अघि बढ्न निर्देशन दिएका थिए। सांसद राजेन्द्र बजगाईंले सडक विस्तार गर्दा अपांगतामैत्री नबनाउँदा र काम शुरू गरेर अलपत्र छोड्दा सामाखुसीमा घटना घटेको बताए।
सांसद प्रदीप पौडेलले चक्रपथबाट निस्कने ढललाई विष्णुमतीमा जाने गरी व्यवस्थापन गर्न सडक विभागलगायत सरोकार भएका निकायसँग माग गरे। सांसद ठाकुर गैरेले सामाखुसीमा भएजस्ता घटना दोहोरिन नदिने गरी सरोकारवाला सबैको समन्वय आवश्यक रहेको बताए।
बैठकमा सांसदहरू बिना लामा, माधव सापकोटा, ऐनबहादुर शाही, प्रेम महर्जन, दीपकबहादुर सिंह, सन्तोष परियार, निशा डाँगीलगायत धारणा राखेका थिए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले काठमाडौँ उपत्यकाको प्राकृतिक ढल व्यवस्थापन बिग्रिएको र आधुनिक ढल व्यवस्थापनमा धेरै निकाय संलग्न हुने भएकाले पनि समस्या भएको बताए। काठमाडौँका एक चौथाइ सडक मात्र विभागले हेर्ने भएकाले पनि कहाँ के भइरहेको छ ? भन्ने कुराको जानकारी मन्त्रालयबाट मात्र पाउन नसकिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
